२३ जेष्ठ २०८३, शनिबार

नवयुवाका लागि एनपीएल प्रभावकारी मञ्च : कोच गौचन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताएका छन् ।

कर्णाली याक्ससँग पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौचनले एनपीएल युवा खेलाडीहरूका लागि प्रतिभा देखाउने र क्रिकेटका बारेमा सिक्ने महत्वपूर्ण माध्यम बनेको बताए ।

उनले भने, “नयाँ युवाहरूले खेलमार्फत आफ्नो परिचय दिने तथा क्षमता देखाउने प्रभावकारी मञ्चका रूपमा एनपीएललाई देख्छु । एनपीएलमा राम्रो गर्ने खेलाडी पक्कै पनि नेपालका लागि प्रतिनिधित्व गर्नेमा हुनेछन् ।”

कोच गौचनले ‘फ्लडलाइट’ नेपाली खेलाडीलाई विदेशमा गएर पनि सहज हुने धारणा राखे । उनले भने, “यसअघि नेपालमा फ्लडलाइट नहुँदा नेपाली खेलाडीलाई विदेशमा गएर खेल्न समस्या हुने गरेको थियो । अब कीर्तिपुर रङ्गशालामा फ्लडलाइटमा खेलेर विदेशमा खेल्दा असहज हुने छैन ।”

यसैबीच, जारी प्रतियोगितामा पहिलो शतक हिर्काउने कर्णाली याक्सका मार्क वाटले नेपाली दर्शकको मायाप्रति खुसी जनाए । उनले भने, “नेपाली दर्शकको उपस्थिति निकै उत्साहजनक छ । यति धेरै दर्शकमाझ पहिलो शतक बनाउनु विशेष क्षण बन्यो ।”

आज भएको पहिलो खेलमा लुम्बिनीमाथि कर्णालीले नौ विकेटको जित निकाल्यो ।