१६ असार २०८३, मंगलबार

नेपालगञ्ज म्याराथनको उपाधि खड्का र न्यौपानेलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ६ मंसिर । नेपालगञ्जमा आज सम्पन्न ११ औं नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कबहादुर खड्काले जितेका छन् ।

खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गरेका थिए । उनी गत संस्करणका पनि विजेता हुन् । उनले दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै, दुई घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गर्दै नेपाल सेनाका सुशीलकुमार शाही दोस्रो तथा दुई घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दूरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भए । दोस्रो भएका शाही र तेस्रो भएका पार्कीले क्रमशः एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितिन् । उनी पाँचौँ संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसँगै ७५ हजार रुपैयाँ पुरस्कार हात पारिन् ।

यस्तै, हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फूलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भइन् ।