२८ जेष्ठ २०८३, बिहिबार

ओलीको प्रस्ताव– संसद् पुनर्स्थापना, सर्वदलीय सरकार र संविधान संशोधन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’का माग पूरा गर्न संसद् पुनस्र्थापना गरी संविधान संशोधनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार (मंसिर ६) पार्टीको वाग्मती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा उनले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र उचित राजनीतिक निकास भएको जिकिर गरे ।

“संसद्को पुनर्स्थापना गर्ने । त्यसबाट सर्वदलीय/सर्वपक्षीय सरकार बनाउँला,” ओलीले भने, “संसद्बाट संविधान संशोधन हुनसक्छ ।”

उनले जेनजीका माग पनि संविधान संशोधनबाटै पूरा गर्न सकिने बताए । त्यसनिम्ति राष्ट्रिय सहमति गर्न सकिने उनको भनाइ छ ।

“जेनजीका जुन मागको दुहाई दिइन्छ, जेनजीका माग पनि संसद् पुनर्स्थापनाबाट पूरा गर्ने बाटो निस्किन्छ,” ओलीले भने, “लोकतन्त्र पुनस्र्थापना गरौँ । संविधानलाई बाटोमा हिँडाऊँ । शान्ति स्थापना गरौँ ।”

उनले भावनामा नबग्न, प्रतिशोध नराख्न दलहरूलाई आग्रह गरे । “यो असंवैधानिक सरकारका पछिपछि जन्तीजस्तो भएर, जन्तीले पाउने के हो ? एक छाक भात खाएर फर्किने होला,” ओलीले भने, “राजनीतिक पार्टीको काँधमा देशप्रतिको उत्तरदायित्व छ । यस्तो सरकारको जन्ती हुन सुहाउँदैन ।”