२३ जेष्ठ २०८३, शनिबार

एनपीएल : लुम्बिनीविरुद्ध टस जितेर पहिले बलिङ गर्दै कर्णाली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार कर्णाली याक्सले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा कर्णालीले टस जितेर पहिले बलिङ रोजेको हो ।

लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ ।

लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो ।

कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।