१५ असार २०८३, सोमबार

रुपन्देहीको पडसरीमा ‘ट्याक्टर हस्पिटल’ सञ्चालनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ६ मंसिर । विगत डेढ दशक लामो समयदेखि रुपन्देहीलाई आधार बनाएर व्यवसायीक यात्रामा रहेको मनमित ग्रुपले रुपन्देहीमा आत्याधुनिक ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याएको छ । रुपन्देहीका प्रमुख दुई व्यापारिक शहर भैरहवा र बुटवललाई केन्द्रमा पारेर शुक्रबारबाट ओमसतिया–२ पडसरीमा ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याइएको हो ।

आधुनिक प्रविधिको प्रयोग गर्दै ट्याक्टरसम्बन्धी सम्पूर्ण समस्याहरुको समाधानका लागि मर्मत सम्भारका गर्न ग्यारेज स्थापना गरिएको मनमित ग्रुपका अध्यक्ष उदयकुमार सिंहले जानकारी दिए । ७ कट्ठा क्षेत्रफलमा फैलएको यस ग्यारेजले सेवाग्राहीका लागि व्यवस्थीत विश्राम कक्ष समेत बनाएको छ ।

यस ग्यारेजले रुपन्देहीसहित पाल्पा, नवलपरासी तथा कपिलवस्तुसम्म अन स्पोट सेवा समेत उपलब्ध गराउने अध्यक्ष सिंहले बाताए । एकसाथ ६ वटासम्म ट्याक्टर मर्मतको काम गर्न सकिनेगरी अत्याधुनिक उपकरण जडानसहित निर्माण गरिएको ग्यारेजमा आउने सेवाग्राहीका लागि बास बस्नु पर्ने भएमा निशुल्क छुट्टै विश्रामस्थलको समेत व्यवस्था गरिएको छ ।

यसका साथै अधिकांश कामका लागि मेशिन तथा उपकरणको प्रयोग गरिने भएकाले छोटो समयमै थोरै जनशक्तिले सहजै काम गर्न सक्ने कम्पनीको दाबी छ । हाल ८ जना प्राविधिक जनशक्तिले काम गरिरहेको यस ग्यारेजमा बिस्तार गर्दै जनशक्ति पनि थप गरिने अध्यक्ष सिंहले बताए ।

ग्यारेजको उद्घाटन कार्यक्रममा लुम्बिनी ट्याक्टर समितिका कार्यवहाक अध्यक्ष कृष्णप्रसाद भुसाल, ट्याक्टर समिति पाल्पाका अध्यक्ष विष्णुबहादुर कार्की लगायतले बोल्दै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

यसैगरी, कुनै पनि गाडी मर्मतका लागि ग्यारेजमा जाँदा त्यसका पाट्र्सहरुको मूल्य प्रचलित बजार मूल्यभन्दा बढी भनेर ग्राहकलाई मर्कामा पार्ने प्रवृत्ति रहेको बताउँदै ट्याक्टर हस्पिटलमा त्यस्तो नहोस भनि कामना गरे ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी सहायक निरीक्षक दुर्गा भट्टले ट्राफिक नियमबारे सचेतनासहित आफूले चलाउने कुनै पनि सवारीका साधन वा उपकरणहरुलाई समयमै मर्मत सम्भार गरेर सुरक्षित रहन आग्रह गरे ।

मनमित श्री ट्रेडिङ, पीस लुम्बिनी इन्टरनेश्नल कम्पनी प्रालि र ओम स्वस्तिक ट्रेडिङ एण्ड सप्लायर्सको साझा संस्था मनमित ग्रुपलेन नेपालमै पहिलोपटक यस्तो सुविधा सम्पन्न ग्यारेज सञ्चालनमा ल्याएको हो ।

मनमित ट्रेडिङ लुम्बिनी प्रदेशका लागि शक्तिमान ब्राण्डका रोटाभेटर तथा विभिन्न कृषि औजारहरुहरुको आधिकारिक बिक्रेताका रुपमा रहेको छ भने ओम स्वस्तिकले मनमित र पीस लुम्बिनीअन्तर्गतका सामग्रीहरुका लागि कपिलवस्तुमा आधिकारिक बिक्रेताको रुपमा रहेको छ ।

यसैगरी, ग्रुपकै पिस लुम्बिनी इन्टरनेसनल कम्पनीले पाल्को लुब्रीकेन्टसको लागि नेपालकै अधिकारिक बिक्रेता रहेको छ ।