४ श्रावण २०८३, सोमबार

यदि ‘यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने झन् अर्को ठूलो विद्रोह हुन्छ रे !’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-केपी शर्मा ओली

खुशीको कुरा हो, मैले युवाहरुलाई हरेस नखाएको, अत्यन्तै उत्साहमा रहेको पाएँ । यसको अर्थ हो –हाम्रो देशको अस्तित्व रक्षाकालागि, हाम्रो देशमा लोकतन्त्रको रक्षाकालागि,संविधानको रक्षाकालागि, शान्ति सुव्यवस्था फेरि बहाली गर्नका लागि, देशमा सुशासन र विकासको अवस्था फर्काउने र फेरि अगाडि बढाउने संकल्पकालागि र समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षालाई साकार पार्नकालागि नेपाली युवा तयार छन्, हाम्रो नयाँ पुस्ता तयार छ भन्ने कुराको यो प्रमाण हो । म तपाईंलाई धन्यवाद भन्न चाहन्छु ।

राज्यले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने अवस्था रहेन, हामीले देख्यौं र भोग्यौं । राज्य संयन्त्रले मात्रै जनताको, जीउको, धनको, राज्यको, सम्पत्तिको, संरचनाको रक्षा गर्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानहरुको रक्षा हुने अवस्था रहेन ।

तपाईंहरूले सिंगै देशलाई एउटा सकारात्मक सन्देश दिनुभएको छ । मलाई लाग्छ यो सन्देशसँग नाखुश पनि कतिपय हुन सक्छन् । तर म सबैलाई भन्न चाहन्छु, यो भोलेन्टियर फोर्स, कसैको अहितकालागि गठन भएको होइन । राष्ट्रिय हितकालागि गठन भएको हो । नेकपा (एमाले) सँग असहमति राख्ने अथवा खुदै यो संगठनसँग असहमत राख्नेहरूको पनि जीउ धनको रक्षा गर्ने, अधिकारको रक्षा गर्ने कामका लागि यो गठन भएको हो । त्यसकारण यसको अस्तित्व, विकास र मजबुतीसँग कोही पनि आत्तिनुर तर्सिनुपर्दैन । यो देशमा शान्ति सुव्यवस्था कायम गर्नका लागि स्थापना भएको हो । राज्यले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने अवस्था रहेन, हामीले देख्यौं र भोग्यौं । राज्य संयन्त्रले मात्रै जनताको, जीउको, धनको, राज्यको, सम्पत्तिको, संरचनाको रक्षा गर्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानहरुको रक्षा हुने अवस्था रहेन । व्यापारिक प्रतिष्ठानहरुको, मिडिया हाउसहरुको, मिडियाको, खुदै मिडिया पर्सन्सको पनि जीउ–धनको रक्षा हुने कुरा भएन । त्रासदीपूर्ण वातावरण देशमा भयो । त्यो त्रासदीपूर्ण वातावरणलाई सहज वातावरणमा परिणत गर्नका लागि, लोकतान्त्रिक मूल्य मान्यताअनुसार शान्तिपूर्ण ढङ्गले सबैले आफ्ना अधिकार र कर्तव्यहरूको पालना गर्दै अगाडि बढ्न पाउनु पर्दछ भन्ने कुरालाई मान्यता दिएर त्यसको पुनः स्थापनाका लागि यो संस्था निर्माण भएको छ ।

अब कसैले पनि हिजोको जस्तो राज्यका संरचनाहरू निर्वाद जलाउँदै हिंड्न पाउने छैनन् । राज्यको संरचनाको रक्षा पनि हामी गर्ने छौं । यी भोलेन्टियर भनेको यति मात्रै भोलेन्टियरको कुरा होइन । यो देशका जनता आफैँ भोलेन्टियर भएर आफ्नो रक्षा गर्नुपर्ने अवस्थामा हामी पुग्यौ । यो कसैका विरुद्ध होइन । फेरि पनि म भन्छु– यो हिंसा, अराजकता, आतंक, आगजनी, तोडफोड, लुटपाट र त्रासदीपूर्ण वातावरणका विरूद्ध हो ।यो शान्तिको पक्षमा हो । अवश्य, यो कसैका विरोधमा होइनभन्दा आतंकका विरूद्धमा पनि होइन भन्ने कुरा होइन । यस देशमा कसैलाई पनि आतंक मच्याउन छुट छैन ।

मैले योगको धेरै लामो चर्चा गर्न लागेको छैन । योगको सुरुवात गर्दा पतञ्जली ऋषिले पहिलो सूत्र अर्धवाक्य लेखेका छन्–अथ योगानुशासनम् । योग भनेको पहिला अनुशासनबाट सुरु गर्नु पर्दछ । हाम्रा स्वयंसेवक अनुशासनबाट आफ्नो काम सुरु गर्ने ‘योगी’हरु हुन् ।

हाम्रा भोलेन्टियरहरू बिल्कुल अनुशासित भएर काम गर्ने छन् । भोलेन्टियरहरूले भोलेन्टियर झै अनुशासनमा रहेर काम गर्नुपर्दछ । मैले प्रायः चर्चा गर्ने गरेको छु योगको । अहिले पतञ्जलीयोगको कुरा गरिराखेको छु । पतञ्जली योगमा १सय९४ सुत्रहरू छ । त्यसमा चार पाउहरू अथवा चार भागहरू वा चार खण्ड छन् । ती चार खण्डमा–पहिलोमा ५७ सूत्र छन्, दोस्रोमा ५१, तेस्रोमा ३४ र चौथोमा ३१ सूत्रहरु छ ।दोस्रो खण्डमा अष्टांग योग भन्ने पर्दछ । अष्टांग योग भनेका आठवटा सूत्रहरू हुन् । १९४ सूत्र मध्ये दोस्रो खण्डमा तिनीहरू पर्दछन् । मैले योगको धेरै लामो चर्चा गर्न लागेको छैन । योगको सुरुवात गर्दा पतञ्जली ऋषिले पहिलो सूत्र अर्धवाक्य लेखेका छन्–अथ योगानुशासनम् । योग भनेको पहिला अनुशासनबाट सुरु गर्नु पर्दछ । हाम्रा स्वयंसेवक अनुशासनबाट आफ्नो काम सुरु गर्ने ‘योगी’हरु हुन् । हरेक ठाउँमा अनुशासन, अध्ययनमा, काममा, आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा, आफ्नो कर्तव्यपालना गर्ने कुरामा, आफ्ना नियमहरु उल्लघंन नगर्ने कुरामा अनुशासनमा रहन्छ ।

अष्टांग योगका यम र नियम भन्ने पहिलो सूत्रहरु हुन् । हामीले के ग्रहण गर्नु पर्दछ र के छोड्नु पर्दछ भने, हिंसा छोड्नु पर्दछ, अहिंसा लिनु पर्दछ, लोभपाप छोड्नु पर्दछ । नराम्रा कुराहरु लिनु हुँदैन, राम्रा कुराहरु लिनु पर्दछ । सत्यको बाटोमा हिंड्नु पर्दछ । अष्टांग योगको पहिलो सूत्र यमले भन्छन्–सत्य र अहिंसाबाट प्रारम्भ गर । हामी त्यही बाटोमा हिंड्छौं । तर अघि नै कुरा आइसकेको छ, यदि कसैले शान्ति भंग गर्न खोज्छ भने हामीले रोक्नु पर्दछ । राष्ट्रलाई अस्थिरतामा, अलोकतान्त्रिक बाटोमा, अराजकता मच्याउन, आगजनी र तोडफोडको राक्षसीराज कसैले चलाउन खोज्छ भने त्यो कुरा यस भोलेन्टियरसंगठनले रोक्नेछ । यो स्वयंसेवकसंगठन प्राकृतिक विपत्ति पर्दा जनताको साथमा हुनेछ ।त्यस विपत्तिबाट जनतालाई कसरी राहत दिने, बाढी, पहिरो, आगजनी, आँधी, तुफान, भुइँचालो कुनै पनि प्रकारका प्राकृतिक विपत्तिहरूमा जनताको साथमा सबैभन्दा पहिले पुग्ने छ । सेना, प्रहरीहरू, जो सामाजिक संघसंस्थाहरू, जसले त्यस्ता विपत्तिमा सहयोग गर्छन्, तिनीहरू सँगसंगै स्वयंसेवकहरुले काम गर्ने छन् । यसले अनेक व्यवस्थापनका र सहजीकरणका कामहरू गर्नेछ । तर भोलेन्टियर भनेको पानी बाँड्ने मात्रै संस्था हो भनेर बुझ्न हुँदैन ।हुन त नेपालमा पानी बाँड्ने संस्था, अघिल्ला दिन पानी बाँड्ने भोलिपल्ट अर्कै स्वरूपमा ! आज पानी बाँड्ने स्वरूप, भोलि अर्कै स्वरूपमा ! यो गरेको पनि मैले, त्यो गरेपनि मैले, भोलिपल्ट त्यस रूपमा जाने,त्यस प्रकारका क्रियाकलापहरू हामीले देखेकाछौंं ।

यस प्रकारका निषेधित, अलोकतान्त्रिक, अधिनायकवादी क्रियाकलापहरूमा परोक्ष ढंगले सरकार देखा नपर्ने, कुनै शक्ति देखा नपर्ने तर विभिन्न शक्ति र सरकारहरू पृष्ठभागमा बसेर जेएनजीका नाममा गर्ने । ती जेनजी होइनन्, नक्कली जेनजीहरू ।

हामी देखिराखेका छौं नेपालमा, सरकारले चुनाव चुनाव भनेर शब्द उच्चारण गर्ने गरेको । तर, सँगसँगै हामी देखिराखेका छौंं– शान्तिपूर्ण ढंगले भेला र सभा हुन पनि नदिने, नेताहरूको मुभमेन्ट र गतिविधि हुन नदिने, नेताहरूलाई कुनै ठाउँमा जान नदिने, नेताहरूलाई कुनै कार्यक्रममा सम्बोधन गर्न नदिने । यस प्रकारका निषेधित, अलोकतान्त्रिक, अधिनायकवादी क्रियाकलापहरूमा परोक्ष ढंगले सरकार देखा नपर्ने, कुनै शक्ति देखा नपर्ने तर विभिन्न शक्ति र सरकारहरू पृष्ठभागमा बसेर जेएनजीका नाममा गर्ने । ती जेनजी होइनन्, नक्कली जेनजीहरू । होलान् कोही कोही २८ वर्ष मुनिको २७ वर्षकोतनखाखोर र अरुका लागि काम गर्ने । २७ वर्षको हुँदैमा जेएनजीका नाममा देशमा उपद्र मच्याउन पाइँदैन । हामी अस्तिका दिन मात्र हे¥यौं, युवा भेलामाथि विभिन्न प्रकारका अवरोधहरु खडा गर्ने, नेताहरूलाई जान नदिने आक्रमणकारी कामहरू भए, बिथोल्ने कामहरु भयो र आतङ्क फिँजाउने कामहरू भयो । त्यो काम अहिलेसम्म जारी छ । अस्ति हामीमाथि ढुङ्गा हान्न आए, एमालेमाथि ढुङ्गा हान्न, एयरपोर्टमा ढुङ्गा हान्न र एयरपोर्टका गेट भत्काउनआए । हिजो प्रहरीमाथि ढुङ्गा हान्न गए । त्यो त हामी देखिराखेका छौं । अर्थात् लोकतान्त्रिक आचरण र लोकतान्त्रिक अभ्यास छैन । यस प्रकारको क्रियाकलाप भइराखेको छ ।म भन्न चाहन्छु, यस्ता क्रियाकलापहरूलाईसरकारले अभिलम्ब रोक्नुपर्दछ ।

सरकार चुनाव गराउने भन्छ ।‘यस्ता काम गर्छ, कसरी हुन्छ चुनाव’ ? भन्ने प्रश्न मान्छेहरुले गरिराखेका छन् । चुनाव नहुँदा पनि गतिविधि रोक्न पाइँदैन । चुनाव नहुँदा पनि आवागमन रोक्न पाइँदैन । सभा सम्मेलन विथोल्न पाइँदैन । त्यो कुरा होइन र ? चुनाव भए पनि नभए पनि, कहिल्यै र जहिले पनि रोक्न पाइँदैन । त्यो अनुशासनमा बस्नु पर्छ ।

सरकार चुनाव गराउने भन्छ ।‘यस्ता काम गर्छ, कसरी हुन्छ चुनाव’ ? भन्ने प्रश्न मान्छेहरुले गरिराखेका छन् । चुनाव नहुँदा पनि गतिविधि रोक्न पाइँदैन । चुनाव नहुँदा पनि आवागमन रोक्न पाइँदैन । सभा सम्मेलन विथोल्न पाइँदैन । त्यो कुरा होइन र ?

प्रधानमन्त्रीजीले अस्ति बोलेको हामीले सुन्यौं–‘यस देशलाई अझ ठूलो विपत्ति हुन्छ रे ।’ यदि ‘यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने त झन अर्को ठूलो विद्रोह हुन्छ रे !’ कसले विद्रोह गर्छ ? अथवा नेपाली जनतालाई धम्काएर र तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ, के भनेको त्यो? फेरि आगो लगाउने? फेरि तोडफोड गर्ने? फेरि लुटमार मच्याउने ? अथवा के भनेको अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेर? प्रधानमन्त्रीले भनेकोअनुमान हो कि योजना हो? म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु,यो तपाईंको योजना हो कि अनुमान हो ? योजना हो भने सपना नदेख्नुस् । अनुमान हो भने डराउन छोड्नुस् । नेपाली जनतालाई पनि डर देखाउन छोड्नुस् । नेपाली जनता डराउनेवाला छैनन् । हुन त उहाँ कुनै नयाँ मान्छे होइन । प्रधानमन्त्री मात्रै जेएनजी जेएनजी भन्नु हुन्छ उहाँ । तर उहाँ नयाँ मान्छे होइन ।मभन्दा साढे तीन महिना मात्रै कान्छी हो। म भन्दा साढे तीन महिना कान्छी, जम्मा ! संगैका हौं । त्यत्तिका मान्छेले अनि यति कच्चा कुरा गर्न मिल्छ ? यो सरकार संविधानबाट बनेको होइन । कहिले भन्नुहुन्छ हामी ‘क्रान्ति’बाट आएका हौं र कहिले भन्नुहुन्छ ‘संविधानसम्मत’छैन भन्न पाइँदैन, त्यो के भनेको ?यो सरकारसंविधानसम्मत छैन ।म सुशिलाजीलाई भन्न चाहन्छु,संविधानबाट तपाईं प्रधानमन्त्री बन्नुभएको होइन । उहाँ संविधानबाट प्रधानमन्त्री बन्नुभएको होइन । असंवैधानिक बाटोबाटै बन्नुभएको हो ।असंवैधानिक ढंगले र अनधिकृत सिफारिसमा गलत ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ । त्यसो गर्दा जेएनजीका भनिएका माग पनि पूरा गर्न सकिन्छ ।त्यसो गर्दा देशलाई लोकतान्त्रिक बाटोमा ल्याउन सकिन्छ । संवैधानिक बाटोमा ल्याउन सकिन्छ । हामीले त्यो भनेका हौं ।त्यसो भन्न पाइँदैन अरे ! लोकतन्त्र फर्काउनुपर्छ भन्न पनि नपाइने ? तपाईं त राणा शासन भन्दा पनि कडा निस्किनुभयो बा ! मोहन शमशेरले पनि प्रजातन्त्र ल्याउने कुरामा समझौता गरेका थिए। तर सुशिलाजी त सम्झौताको पनि कुरा गर्नुहुन्न, पाइँदैन भनेरभन्नुहुन्छ ।लोकतन्त्र फर्काइन्छ, सुशिलाजीले बुझ्नुपर्छ । लोकतन्त्र फर्काइन्छ, नेपाली जनताले फर्काउँछन् । संविधान मास्न दिइँदैन ।

प्रधानमन्त्रीजीले अस्ति बोलेको हामीले सुन्यौं–‘यस देशलाई अझ ठूलो विपत्ति हुन्छ रे ।’ यदि ‘यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने त झन अर्को ठूलो विद्रोह हुन्छ रे !’ कसले विद्रोह गर्छ ? अथवा नेपाली जनतालाई धम्काएर र तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ, के भनेको त्यो?

अर्को कुरा, म सम्माननीय राष्ट्रपतिजीलाई र प्रधानमन्त्रीजीलाई पनि भन्न चाहन्छु– तपाईं यतिबेला भएका कानूनबाट निर्वाचन खुरुखुरु गराउने हो भने गराउनुहोस् न त । शान्तिपूर्ण वातावरण बनाउनुहोस्, हतियार फिर्ता ल्याउनुस्, अपराधीहरूलाई नियन्त्रण गर्नुहोस्, निर्वाचनयोग्य वातावरण बनाउनुस्, म यसको व्याख्या गरिरहन चाहन्नँ,‘गराउनुहोस् न त ।’ त्यो तपाईंले सक्नुहुन्न । तपाईंको मनसाय पनि देखिँदैन । अनि, तपाईंले गरेका वार्ता कस्ता छन्, १२५ ओटा पार्टी बोलाएर वार्ता गरेको अरे ! १२५ ओटा पार्टीको वार्ता ! यो एमाले कांग्रेसजस्ता पार्टीहरूलाई अपमान गरेको हो, १२५ वटा पार्टीसँग वार्ता गरेको नाटक र तमासा। यो तमासा हो । तर हामी त्यो तमासा पनि हेर्न गइरहेका छौं, आफ्ना कुरा पनि भनिरहेका छौं । त्यसो भएर यस्तो तमासा होइन ।

म सुशिलाजीलाई भन्न चाहन्छु, देशलाई माया गर्न सिकौं ।देशलाई अरू अनिश्चय, अरू अशान्ति, अरू अस्थिरता, अरू अराजकता र बर्बादीतिर जान नदिऊँ । त्यसर्थ प्रतिनिधिसभाको अभिलम्ब पुनःस्थापना गरौँ । त्यहाँबाट समाधान खोजौं,‘समस्या छन्, समाधान खोज्न सकिन्छ ।’ ठीक बाटोबाट समाधान खोजौं ।समाधान खोजौं भन्न पनि नपाइने?बडा शासन निकाल्नु भयो तपाईले त ।सही समाधान खोजौं भन्न पनि नपाइने?

देश समस्यामा फस्यो । शान्तिको ठाउँमा अराजकताले आजराज गरेको छ । अराजकताको अन्त्य गरौँ, शान्ति स्थापना गरौँ, लोकतन्त्र पुनःवहाली गरौँ, संविधानलाई क्रियाशील बनाऊँ र अगाडि बढौं ।त्यसका लागि संगठित ढंगले लोकतन्त्रको, देशको, जनताको र संविधानको पक्षमा यो भोलेन्टियर फोर्स बनेको छ ।

तसर्थ म भन्न चाहन्छु, गम्भीर समस्या छन्, देश समस्यामा फस्यो । शान्तिको ठाउँमा अराजकताले आजराज गरेको छ । अराजकताको अन्त्य गरौँ, शान्ति स्थापना गरौँ, लोकतन्त्र पुनःवहाली गरौँ, संविधानलाई क्रियाशील बनाऊँ र अगाडि बढौं । त्यसका लागि संगठित ढंगले लोकतन्त्रको, देशको, जनताको र संविधानको पक्षमा यो भोलेन्टियर फोर्स बनेको छ । यसको नाम ‘फोर्स’ राख्दा कतिपयलाई अलिक के हो फोर्स भनेको जस्तो लाग्ला, कसैले आर्मी नै भनेर चलाइराखेका छन् तर हामीले त्यस्तो गरेका छैनौं ।आर्मी नै भनेर उपद्र मच्चाइ राखेका छन्, त्यो पनि हामीले केही भनिराखेका छैनौं । तोडफोड, आगजनी आर्मी भनेर गरिराखेका छन्, कुनै कुनै संगठन हौं भन्नेहरुले आईटी अरे, आर्मी अरे ! यो सुहाउने कुरा हुन्छ, मिल्छ यो ? आईटी, कम्प्युटर र आर्मी–यो के हो ? आईटी आर्मी भनेर तोडफोड गर्ने र अराजकता मच्याउने काम कसैले गरिराखेका छ । हामी त्यसो गर्ने होइन । फोर्स किन भनिएको हो भने अनुशासनका लागि हो । फोर्सभन्दा एउटा अनुशासित संस्था बुझिन्छ ।त्यसका लागि अनुशासित ढंगले यो अगाडि बढ्छ।

यसर्थ हाम्रा धेरै लाखौँ युवाहरू अबयसमा संगठित हुँदै जानुहुनेछ र लाखौँ युवाहरू संगठित हुँदै जानुहुन्छ । यो सङ्गठनको तुलनामा अरु कसैको कुनै सङ्गठनले प्रतिस्पर्धा गर्न सक्दैन । देशमा यो त्यस्तो सङ्गठन हुनेछ। यो अभियानलाई अगाडि बढाउनुहोस् । हाम्रो पार्टी सही गन्तव्य र देश बनाउने गन्तव्य बोकेर अगाडि बढिरहेको छ र बढ्नेछ । यो देश बनाउने पार्टी हो । परिपूर्ण लोकतन्त्रको बाटोबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य मानेर त्यसलाई साकार पारी छोड्ने संकल्प गरेर अगाडि बढेको पार्टी हो ।यसले त्यस गन्तव्यलाई छोड्ने छैन ।

सानातिना कुराहरूमा अल्झिएर, सानातिना कुरामा रिसराग, ईष्र्या, आवेगजस्ता कुराहरू राखेर लोकतन्त्र बर्बाद भइरहेको र देश बर्बाद भइरहेको हेरिरहन राजनीतिक दलहरूलाई, संघसंस्थाहरूलाई, नागरिक समाजलाई, संचार माध्यमहरूलाई, कसैलाई पनि सुहाउँदैन।

म अरु विभिन्न राजनीतिक दलहरू,संघसंस्थाहरू, नागरिक समाज, मिडियाका साथीहरू, सबै भूगोलमा बसोबास गर्ने, सबै पेसा व्यवसायका तमाम दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, देश अप्ठ्यारोमा छ । सानातिना कुराहरूमा अल्झिएर, सानातिना कुरामा रिसराग, ईष्र्या, आवेगजस्ता कुराहरू राखेर लोकतन्त्र बर्बाद भइरहेको र देश बर्बाद भइरहेको हेरिरहन राजनीतिक दलहरूलाई, संघसंस्थाहरूलाई, नागरिक समाजलाई, संचार माध्यमहरूलाई, कसैलाई पनि सुहाउँदैन। देशलाई लोकतन्त्रमा फर्काउनुप¥यो, शान्ति सुव्यवस्था स्थापना गर्नुप¥यो र पुनःस्थापना गर्नुप¥यो । सुशासन र विकासको बाटोमा देशलाई अगाडि बढाउनुप¥यो ।त्यसका निम्ति पहिलो कुरा पुनस्र्थापना गर्नुप¥यो ।त्यसका निम्ति असंवैधानिक ढंगले विघटित, गैरकानूनी ढंगले विघटित, मैले अघि नै भनेँ, अनधिकृत सिफारिसको आधारमा असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभाको तत्काल पुनःस्थापना गर्नुपर्यो । यसमा लाग्न म सबैलाई आग्रह गर्छु ।

हामीले विभिन्न कालखण्डमा विभिन्न कारणले पार्टी छोडेर गएका साथीहरू, विभिन्न भ्रमवस कहिले के कारण हुन सक्छ, कहिले व्यक्तिगत सम्बन्ध, निकटता आदि इत्यादि भनसुनलाई काट्न नसक्ने, टेलिफोन गरिहाले भनेर, अर्कोले फोन गरेको थिएन, यिनले फोन गरे म त्यत्तै लाग्छु भनेर, यस्ता ससाना कुराहरूमा मूल गन्तव्यमा केन्द्रित नभएर हामी कताकता लाग्यौ होला । तर घर फर्कने आव्हान् हामीले गरेकाछौंं । म सबैलाई फेरि पनि आग्रह गर्न चाहन्छु– घर फर्किने आव्हान् जारी छ, आउनुहोस् ।वास्तवमा एमालेको मात्रै घर होइन, बुझ्ने सबै देशभक्तहरूको, प्रगतिशीलहरूको, विकास, शान्ति र सुशासन चाहने जनताको छहारी हो, घर होर अगुवा हो नेकपा एमाले । सबैजना यसमा आऊँ । म सबैलाई आग्रह गर्न चाहन्छु ।

हामी पार्टीको महाधिवेशनतर्फ जाँदै छौं । अब २२ दिनमा नेकपा एमालेको महाधिवेशन हुँदैछ । त्यो महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । र म देख्दै छु, सुन्दै छु, त्यसलाई भाँड्नका लागि विभिन्न प्रकारका प्रयासहरू भइरहेका छन् ।म सबैलाई चेतावनी भनूँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु, त्यस प्रकारका सोच नै नबनाउनुस् । नेकपा एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस् । एमाले आफ्नो महाधिवेशन गर्छ । आफ्ना ठाउँमा बसेर गर्छ । यस देशका लागि, यस देशको रक्षा, यसको सार्वभौमसत्ता, यसको स्वाधीनता, यसको स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, यसका जायज हितहरू, राष्ट्रिय हितहरू र यसको स्वाभिमानलाई माथि उठाएर गर्छ । किन टाउको दुखाउने?त्यसमा टाउको दुख्छ भने हाम्रो भन्नु केही छैन । तर महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ ।

नेकपा एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस् । एमाले आफ्नो महाधिवेशन गर्छ । आफ्ना ठाउँमा बसेर गर्छ । यस देशका लागि, यस देशको रक्षा, यसको सार्वभौमसत्ता, यसको स्वाधीनता, यसको स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, यसका जायज हितहरू, राष्ट्रिय हितहरू र यसको स्वाभिमानलाई माथि उठाएर गर्छ ।

एमालेको मङ्सिर २७, २८ र २९ गते हुने महाधिवेशनलाई नेपाली जनताले एउटा ऐतिहासिक महाधिवेशनको रूपमा स्थापित गर्नेछ र नेकपा एमाले यस कुरामा सजग छ । म चाहन्छु, यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऊँ । फराकिलो मन रपनका साथ यस महाधिवेशनलाई अगाडि लैजाऊँ, मेरो आग्रह छ ।विभिन्न समाजिक सञ्जालहरूमा केही भ्रमहरू फिजाइएको देख्छु । त्यस्ता भ्रमहरूको साथमा नलाग्नका लागि म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।यसो भएर साथीहरू उत्साह र आत्मविश्वासका साथ भरे बेलुका घाम अस्ताउँछ तर भोलि बिहान फेरि झुल्किन्छ, भरे बेलुका घाम अस्ताउने जस्तै अस्ति एकपल्ट देशमा एउटा आँधी हुरी आयो । तर आँधी हुरी सधैं चल्दैन, फेरि आँधी हुरी टुंगिन्छ । अब आँधी हुरी थामिसकेको छ । त्यसका केही अवशेषहरू, झट्काहरू अहिले पनि आउन खोजे झै देखिन्छ ।विभिन्न स्वार्थहरू, अनेक प्रकारका स्वार्थहरू यहाँभित्र हुन सक्छन् । यस्ता धमिला पानीमा माछा मार्ने विभिन्न प्रकारका हातहरू घुसपैठ हुन सक्छन् । तर हामी नेपाली जनता सजग भएर यस्ता कुराहरूलाई रोक्ने छौंं । यसै कारण यो राष्ट्रिय भोलेन्टियर फोर्स बनेको छ । म भोलेन्टियर साथीहरूलाई फेरि पनि बधाई भन्न चाहन्छु । तपाईंहरूको काँधमा अत्यन्तै महत्वपूर्ण जिम्मेवारी आएको छ । यस संगठनको संगठनात्मक संरचनागत ढाँचालाई पूर्णता दिने, विस्तार गर्ने र नेशनवाइड रूपमा यसलाई व्यापक रूपमा विस्तारित गर्ने पहिलो जिम्मेवारी छ । अनि मात्रै तपाईंहरुले बाँकी जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ । त्यसका लागि यसलाई अगाडि बढाउनु होस् । तपाईंहरूलाई शुभकामना छ। तपाईंहरुको काम एकदमै सफल होस् देशको पक्षमा ।

यस संस्थामा युवासंघ नेपाल, अनेरास्ववियु, भूतपूर्व सैनिक प्रहरी संगठन, खेलाडी, खेलकुद महासंघ, मदन भण्डारी स्पोट्र्स एकेडेमी, यी संस्थाहरू पदेन जस्तै संगठनात्मक संस्थागत सदस्य रहेका छन् । त्यो मर्यादा यी संस्थाहरूलाई यसले दिनेछ र त्यो भूमिका यी संस्थाहरूले खेल्ने छन् ।यसको संस्थागत सदस्य रहेकाले ।हामीले अस्ति भर्खरै नेकपा एस बनाउन, त्यसमा बसेर काम गर्न अलमलवस जानुभएका साथीहरू फेरि फर्केर आउनुभएको छ । तीमध्ये नेताहरूलाई हामीले महाधिवेशन प्रतिनिधिमा प्रतिनिधि हुने विशेष निर्णय गरेका छौं । यो अत्यन्त जायज कुरा हो । यसमा विभिन्न भ्रम फिजाउन सक्छन्, सेन्टिमेन्ट भड्काउन सक्छन् । हामी पुराना यहीं बसेर काम गरिराखेका जान पाएका छैनौं । अस्ति आएका एसका मान्छेहरू, एसका कार्यकर्ता उनीहरू चाहिँ गए भनेर अनेक सेन्टिमेन्ट भड्काउन खोज्छन् । पार्टी देशव्यापी रूपमा सबैभन्दा सुदृढ मजबुद बनाउन यत्तिकै सजिलो छैन ।केही मान्छेहरू छन् बाम एकता, बाम एकता, बाम एकताभनेर घाँटी सुकिनजेल, स्वर बसिनजेल कराउने । हामी त्यसरी सधैं बाम एकता, बाम एकता कराउँदैनौं । परेका बेला हामी नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी हुन भने मात्रै पार्टीमा ल्याउँछौं । वामपन्थीबाट सडिसकेका, वामपन्थी विचारबाट पतन भइसकेका, वामपन्थी उद्देश्यबाट झरी सकेका, आचरणले कुहिएकाहरूलाई वामपन्थीको नाममा नेकपा एमालेमा स्थान हुँदैन र ठाउँ छैन ।त्यो स्पष्ट छ । काम गर्ने साथीहरू एमालेमा, नगर्ने अन्त ।कहाँ कहाँ म भनिरहन्नँ । म अरुलाई पनि आव्हान गर्न चाहन्छु, आउनुस् । हाम्रो पार्टीको केन्द्रीय कमिटीले आव्हान् गरेको छ, त्यसपछि सचिवालयले आव्हान् गरेको छ । त्यसपछि मैले दुईदुई पटक आफ्ना वक्तव्यहरूबाट आव्हान् गरेको छु र साथीहरू आउने क्रम जारी छ । जिल्ला जिल्लाका, कमिटी कमिटीहरू निर्णय गरेर आइराखेका छन् । म खुशी व्यक्त गर्न चाहन्छु ।

पार्टी देशव्यापी रूपमा सबैभन्दा सुदृढ मजबुद बनाउन यत्तिकै सजिलो छैन ।केही मान्छेहरू छन् बाम एकता, बाम एकता, बाम एकताभनेर घाँटी सुकिनजेल, स्वर बसिनजेल कराउने । हामी त्यसरी सधैं बाम एकता, बाम एकता कराउँदैनौं । परेकाबेला हामी नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी हुन भने मात्रै पार्टीमा ल्याउँछौं ।

अर्को कुरा, युवा साथीहरू सबैसंगठनको नेतृत्वमाअटाउनु भएको छैन । कसैले भड्काउन सक्छन्‘तिमीलाई त ठाउँ दिएनन्नि’ भनेर । यस्ता कुराहरूमा कोही नपर्नु होला ।अरु कुरा भन्दा हामीलाई देशका लागि काम गर्नु छ। त्यसलाई सम्झेर र शिरोधार्य गरेर युवा साथीहरू अगाडि बढ्नुस् ।सबै जना विभिन्न ढंगले संगठित हुनुहुनेछ ।

म तपाईंहरूसँग नेकपा (एमाले) को तर्फबाट, मेरो आफ्नो तर्फबाट र सिंगै नेपाली जनताको तर्फबाट तपाईंहरुप्रति पूराका पूरा विश्वास गर्दै, आशा र भरोसा गर्दै, तपाईंहरुमाथि बधाई भन्दै तपाईंहरूको कामको सफलताको शुभकामना भन्न चाहन्छु । तपाईंहरूलाई सफलता मिलोस् ।धन्यवाद ।