२६ असार २०८३, शुक्रबार

सिमरा घटना : जेनजी र प्रशासनबीच सहमति, के-के छन् जेनजीका माग ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ५ मंसिर । बाराको पथलैयामा जेनजी समूह र स्थानीय प्रशासनबीच भएको वार्तामा जेनजीका सबै प्रमुख माग तीन दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र तथा सुरक्षा निकायका अधिकारीहरू उपस्थित बैठकमा जेनजी तर्फबाट सम्राट उपाध्यायको नेतृत्वमा १८ सदस्य सहभागी थिए।

जेनजीहरूले घटनामा संलग्न सबैलाई पूर्वाग्रहबिना कारबाही गर्न, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति उपलब्ध गराउन, जेनजी सदस्य तथा सहयोगीहरूको सुरक्षा सुनिश्चित गर्न, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने अधिकारीलाई कारबाही गर्न तथा अरविन्द साहको कल डिटेलसहित घटना–संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका थिए।

छुटिएका नाम पुनः अभियुक्त बनाउनु पर्ने माग पनि राखिएको थियो। यी मागहरू पूरा गर्ने प्रशासनको प्रतिवद्वतासँगै सहमति जुटेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जेनजीको उजुरीका आधारमा दोषीको खोजी भइरहेको र पीडितले कानुनअनुसार क्षतिपूर्ति तथा न्याय पाउने विश्वास दिलाए। प्रजिअ मिश्रले मागहरूलाई गम्भीरतापूर्वक लिएर शीघ्र सम्बोधन गरिने बताएका छन्।