
काठमाडौं, ५ मंसिर । संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर सोमा प्रदर्शनका क्रममा भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ । भारतीय वायुसेनाले दुबई एयर सोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ ।
वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ । समाचार एजेन्सी पीटीआईले घटनाको भिडिओ पोस्ट गरेको छ । जसमा एउटा विमान सिधै जमिनतिर खसेको देखिन्छ, त्यसपछि आगो र कालो धुवाँको मुस्लो देखिन्छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, आज दिउँसो २ः१० बजे विमान दुर्घटना भएको हो ।









प्रतिक्रिया