१८ असार २०८३, बिहिबार

चलचित्र ‘लोकन्ती’को टिजर सार्वजनिक

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’को टिजर सार्वजनिक गरिएको छ । यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको टिजर ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरले चलचित्र पारिवारिक र विवाहको परिवेशको कथा बोकेको देखाएको छ ।

परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन् ।

चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन् । काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ । साथै, विमला लिम्बु, कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात, नारायण घर्ती मगर लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन् । आफ्नो डेब्यु चलचित्रलाई लिएर दुवै जना उत्साहित छन् ।

संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा, शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् ।

चलचित्रमा शंकर अधिकारी, डा।ओम कृष्ण प्रसाईं, दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ । नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ । पछिल्लो समय दर्शकले पारिवारिक फिल्मलाई राम्रो साथ दिइ रहेको बेला निर्माण टिम उत्साहित बनेको छ ।