काठमाडौं, ५ मंसिर । सरकारले सेना परिचालनको तयारी गरेको छ ।
हिजो बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि सिफारिस गरे अनुसार आज मन्त्रिपरिषद बैठक बसेर परिचान गर्ने निर्णय गर्न लागिएको हो ।
मन्त्रिपरिषद् बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।
सरकारले निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो।








प्रतिक्रिया