२९ असार २०८३, सोमबार

गायिका नितु आत्मदाह प्रकरण : गायक बाबुल धरौटीमा रिहा, बयानमा स्वीकारे गल्ती

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । गायिका नितु पौडेलको आत्मदाह घटनामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरीलाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने निर्णय गरेको छ।

नितुको मृत्युपछि बाबुल स्वयं प्रहरीमा उपस्थित भएका थिए। प्रहरीका अनुसार उनले घटनाप्रति आफ्नो गल्ती स्वीकार गरेका छन्।

प्रेम सम्बन्धमा नितुको चाहनालाई गम्भीरतापूर्वक विचार नगरेको कारण घटना भएको भन्ने उनले अदालतमा पनि बताएका छन्।

बाबुल र नितु केही समयदेखि प्रेममा थिए। विवाह नहुने आशंकामा नितुले कात्तिक १ गते अनामनगरस्थित स्टुडियोमै आत्मदाह प्रयास गरेकी थिइन्।

उपचारका क्रममा कात्तिक ७ मा उनको मृत्यु भएको थियो।