काठमाडौं, ५ मंसिर । चितवन राइनोजका रिजन ढकाल खेल भावनाविपरीतको कार्यका कारण कारबाहीमा परेका छन् ।
रिजनले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सविरुद्ध अम्पायरसँग एलबीडब्लूको माग गर्दा अम्पायरको निर्णयप्रति स्पष्ट असहमति व्यक्त गरेको हुँदा उनलाई म्याच रेफ्रीले कारबाही गरेका हुन् ।
म्याच रेफ्रीका अनुसार रिजनले आफ्नो गल्ती स्वीकार गरेका छन् भने उनलाई चेतावनीसहित एक डिमेरिट अंक दिइएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनलाई लुम्बिनीले ६ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लुम्बिनीले पहिलो खेलमै जित निकाल्दा चितवनको भने यो पहिलो हार हो ।
चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध चार विकेटको जित निकालेको थियो ।








प्रतिक्रिया