२१ जेष्ठ २०८३, बिहिबार

ब्राजिलमा जलवायु सम्मेलन चलिरहेका बेला अचानक आगलागी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । ब्राजिलको भ्यालेममा जारी संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप–३० का क्रममा बिहीबार अचानक आगलागी भएको छ । बीबीसीका अनुसार आगलागी सुरु भएपछि कार्यक्रम स्थल तुरुन्तै खाली गराइएको थियो ।

एउटा मण्डपमा आगो लागेको थियो । कार्यक्रम आयोजकहरूले लगभग ६ मिनेट भित्र आगो नियन्त्रणमा आएको बताएका छन् । यद्यपि धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनालाई डाक्टरहरूले जाँच गरेका थिए ।

आगलागी भएपछि मानिसहरूलाई तुरुन्तै बैठकस्थलबाट बाहिर निकालिएको थियो । आगलागी भएपछि मानिसहरूलाई तुरुन्तै बैठकस्थलबाट बाहिर निकालिएको थियो ।

संयुक्त राष्ट्र संघले भने ६ मिनेटभित्र आगो निभाइएको उल्लेख गर्दै धुवाँले निस्सासिएका १३ जनाको उपचार गरिएको जानकारी दिएको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

आगलागीसँगै जलवायु बैठक रोकिएको छ । यद्यपि संयुक्त राष्ट्र संघले आज वार्ता पुनः सुरु हुने बताएको छ ।