२६ असार २०८३, शुक्रबार

एमालेको ११ औं महाधिवेशन तयारीका लागि १३ वटा उपसमिति गठन, कसलाई के जिम्मेवारी ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले)ले ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन गरेको छ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशनको सचिवालय व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सचिवमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहेका छन् ।

बैठकले प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ । समितिको सदस्यहरुमा केन्द्रीय संगठन विभागका सबै सदस्यहरू, कार्ड व्यवस्थापनका लागि आवश्यक प्राविधिकहरू महेन्द्र श्रेष्ठ र किरण माली सदस्य रहेका छन् ।

जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव र सदस्यहरुमा इन्चार्ज— गण्डकी र मधेस प्रदेशका, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, अध्यक्ष बागमती, गण्डकी, मधेस प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, बागमती प्रदेशअन्तर्गतका— जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षहरु, अध्यक्ष— उपत्यका विशेष जिल्लाहरु अध्यक्ष— पार्टी सम्वद्ध जनसंगठनहरु रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएको छ । समितिका सदस्यहरुमा सम्पर्क समन्वय कमिटी इन्चार्ज र पदाधिकारीहरु तोकिएको छ ।

यस्तै, खाद्य व्यवस्थापन समितिको संयोजकमा लेखराज भट्ट संयोजक र भीष्म अधिकारी सचिव रहेका छन् । समितिका सदस्यहरुमा उपत्यका विशेष कमिटीका इन्चार्ज, अध्यक्ष र पदाधिकारीहरु रहेका छन् ।

यातायात व्यवस्थापन समितिको संयोजकमा गोकर्ण विष्ट र रचना खड्का सचिव तोकिएको छ । समितिका सदस्यहरुमा उद्योग व्यावसायी महासंघका अध्यक्ष, यातायात सम्बद्ध व्यावसायी संगठन र ट्रेड युनियनका पदाधिकारीहरु रहेका छन् ।

रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको ज्ञवालीले बताए । यामलाल कँडेल, हिक्मत कार्की, चेतनारायण आचार्य राष्ट्रिय सभाका सदस्यहरु देवेन्द्र दाहाल, सोनाम ग्याल्जेन शेर्पा, गोपाल भट्टराई र डा. अन्जान शाक्य महानगरका उपमेयरहरु सुनिता डंगोल र मञ्जली शाक्य अन्य पूर्वसांसदहरु शान्ता चौधरी, कोमल वली, सुनिता बरालसहित विदेश विभागका आवश्यक सदस्यहरु रहेका छन् ।

यस्तै, भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयंसेवक परिचालन समिति गठन गरिएको छ । समितिका आवश्यक संख्यामा भूतपूर्व सैनिक– प्रहरी, युवा, विद्यार्थी, खेलकुद सदस्यहरु रहनेछन् ।

पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति गठन गरिएको छ । सदस्यहरुमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेसहित पदाधिकारीहरु, गणेश बस्नेत, श्रीधर आचार्य, राजेन्द्र अर्याल, विश्वमणी सुवेदी रहेका छन् ।

विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।

यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले बताए । सांस्कृतिक समितिको सचिवमा जनसांस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बालाई तोकिएको छ । समितिका सदस्यहरुमा इन्चार्ज र पदाधिकारीहरु जनसांस्कृतिक महासंघका संस्कृति विभागका सचिव रहेका छन् । यो समितिको संयोजक तोकिएको छैन ।

कुन नेतालाई के जिम्मेवारी ?

१. संयोजक : शंकर पोखरेल
सचिव : पृथ्वीसुब्बा गुरुङ
सदस्य योगेश भट्टराई

२. जनपरिचालन समिति
संयोजक : प्रदीप ज्ञवाली
सचिव : राजन भट्टराई

३. आवास व्यवस्थापन समिति
संयोजक : छविलाल विश्वकर्मा
सचिव : लालबाबु पण्डित

४. खाद्य व्यवस्थापन समिति
संयोजक :लेखाराज भट्ट
सचिव : भीष्म अधिकारी

५. यातायात व्यवस्थापन समिति
संयोजक : गोकर्ण विष्ट
सचिव : रचना खड्का

६. अतिथि सत्कार समिति
संयोजक : रघुवीर महासेठ
सचिव : महेश बर्तौला

७. प्रतिनिधि व्यवस्थापन समिति
संयोजक : काशीनाथ अधिकारी
सचिव : माधव ढुंगेल

८. स्वयंसेवक परिचालन समिति
संयोजक : भानुभक्त ढकाल
सचिव : विनोद पाण्डे

९. प्रचार समिति
संयोजक : पद्मा अर्याल
सचिव : राजेन्द्र गौतम

१०. मञ्च व्यवस्थापन समिति
संयोजक : विनोद श्रेष्ठ
सचिव : लोकबहादुर भण्डारी

११. स्वास्थ्य समिति
संयोजक : कृष्णगोपाल श्रेष्ठ
सचिव : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

१२. आर्थिक समिति
संयोजक: विष्णु रिमाल
सचिव : विना श्रेष्ठ

१३. सांस्कृतिक समिति
सचिव : भूमिका सुब्बा