काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) ले ‘घर फर्क अभियान’मार्फत हालै पार्टीमा आएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।
आज बसेको बैठकले पहिले एमालेमै रहेर पछि बाहिरिएका र अहिले पुनः फर्किएका नेताहरूलाई प्रतिनिधित्व दिने बताएको हो। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्व केन्द्रीय समितिमा रहेका नेताहरूले पुनः त्यही हैसियत पाउनेछन्।
हालै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू एमालेमा फर्किएका छन्।








प्रतिक्रिया