२४ असार २०८३, बुधबार

यस्तो छ आइएमई खल्तीको ‘खल्ती ट्रान्स्फर लिग’ अफर

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले ‘खल्ती ट्रान्स्फर लिग’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अहिले चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा अझै उत्साह थप्दै यही मंसिर २ गतेदेखि मंसिर २९ गतेसम्म १ महिनाको अवधि रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोबार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक, साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् ।

खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, र यी रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपीएलको टिकट, ५० रनमा हरेक हप्ता सिएमएफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।