२२ जेष्ठ २०८३, शुक्रबार

टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल–बीइंग फिचर

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ टाइम र वेल–बीइंग स्पेस सुरु गरेको घोषणा गरेको छ ।

यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको टिकटकले जनाएको छ । यसले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको विश्वास छ ।

सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत फेमली पेरिङ फिचर र किशोरकिशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको टाइम अवे फिचर जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ । यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोरकिशोरीका लागि मेडिटेसन फिचर पनि सुरु गर्‍यो ।

अब यी सुविधाहरूको थप विस्तार गर्दै टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडिकेटेड टुल्ससहित नयाँ अनुभवहरू उपलब्ध गराएको हो ।