२१ असार २०८३, आइतबार

बानेश्वरमा अखिलको मसाल जुलुस (तस्विरहरु)

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ काठमाडौंको वानेश्वरमा मसाल जुलुस निकालेको छ ।

राजनीतिक गतिविधि गर्ने अधिकार खोस्न खोजेको र दलहरुमाथि सरकारले निषेध गर्न खोजेको भन्दै अखिलले मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो ।

अखिलका अध्यक्ष दीपक धामीले दलहरुलाई निषेध गरेर पूर्व निर्धारित कार्यक्रममाथि नियोजित रुपमा हमला गर्न लगाएको आरोप लगाएका छन् । उनले समाजमा अराजकता मच्चाएर सरकारले चुनावको नाटक मन्चन गरिरहेको बताए । उनले सुशीला कार्की सरकारविरुद्ध अनेरास्ववियु मसालसहित सडकमा निस्केको बताए ।