१९ असार २०८३, शुक्रबार

एनआईसी एसिया बैंकद्वारा शून्य प्रिमियमसहित लोन योजना सार्वजनिक

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया शेयर लोन’को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयर बजारलाई सम्बोधन गर्नेगरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्नसक्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै ग्राहकहरूको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा लगायतको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।