
काठमाडौं, ४ मंसिर । पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता थप ओरालो लागेको छ ।
फिफाको बुधवार जारी गरेको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल तेस्रोबाट चौथो स्थानमा झरेको छ । फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा ओर्लिएको छ । अघिल्लो वरीयता भन्दा नेपाल २ स्थान झरेको हो ।
नयाँ वरीयताअनुसार नेपसललाई पछि पार्दै बंगलादेश ३ स्थान उक्लिएर १ सय ८०औं स्थानमा पुगेको छ । भारत १ सय ४२ औं र माल्दिभ्स १ सय ४७ औं स्थानमा छ । बंगलादेश यसै साता एएफसी एसियन कप छनोटमा भारतलाई १–० ले हराएको थियो ।
त्यसअघि नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको थियो। नेपाल एसियन कप छनोटमा मलेसियासँग १–० ले पराजित भएको थियो ।
साफ च्याम्पियनसिप नजिकिँदै गर्दा नेपाल साफमा चौथो स्थानमा पुगेको छ । अब नेपाल भन्दा वरीयतामा भुटान, श्रीलंका र पाकिस्तान छन् । फिफा वरीयताको शीर्ष ४ यथावत रहेको छ । स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ । ब्राजिल पाँचौं स्थानमा उक्लिएको छ ।
साफ सदस्य राष्ट्रको फिफा वरीयता
भारत– १४२
माल्दिभ्स –१७३
बंगलादेश– १८०
नेपाल – १८२
भुटान –१९२
श्रीलंका – १९४
पाकिस्तान – १९९








प्रतिक्रिया