३० असार २०८३, मंगलबार

चलचित्र निर्माता दिलिप पौडेलको निधन

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । ‘ज्वाला’, ‘जीवन संघर्ष’ फिल्मका निर्माता दिलिप पौडेलको ७४ वर्षको उमेरमा बुधबार राति निधन भएको छ ।

उनको उपचारको क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

पौडेलले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठ लगायतका कलाकारलाई लिएर ‘ज्वाला’ नामक फिल्म निर्माण गरेका थिए ।

त्यसैगरी, राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आरधना क्षत्री, उत्पला खड्का लगायतका कलाकारलाई लिएर ‘जीवन संघर्ष’ नामक अर्को फिल्म निर्माण गरेका थिए ।

पौडेलले नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका थिए । उनले राजधानीको डिल्लीबजारबाट आनन्द लेखापढी सेन्टर सञ्चालनमा ल्याएका थिए ।

नेपाल लेखापढी कानुन व्यवसायी संघको संस्थापक अध्यक्ष समेत रहेका उनले काठमाडौंको ओम् शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा सिमपानी कबाब घर सञ्चालन गर्दै आएका थिए ।

स्व. पौडेलको बुधबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।