३१ जेष्ठ २०८३, आइतबार

जनप्रतिनिधिहरुसँग अन्तर-संवाद कार्यक्रममा एमाले अध्यक्ष ओलीको सम्बोधन (पूर्णपाठ)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज उपत्यकास्तरीय जनप्रतिनिधिहरुसँगको अन्तर–संवाद कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा उनले बारामा देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुर्‍याएको बताए । ‘यी सामाजिक तत्त्व होइनन्, असामाजिक तत्त्व हुन् , अराष्ट्रिय, देशद्रोही तत्त्व हुन्,’ उनले कडा शब्दमा प्रतिक्रिया जनाए ।

सम्बोधनको पूर्णपाठ-

सम्पूर्ण जनप्रतिनिधि साथीहरू !

काठमाडौँ उपत्यका भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूको यो भेला आयोजना भएको छ । यसले अवश्य नै यहाँहरू सबैमा र हामी सबैमा हाम्रो उत्साहमा थप योगदान पु¥याउनेछ भन्ने मैले विश्वास गरेको छु ।

मैले सबै साथीहरूका कुरा सुनेँ । सबै कुराहरू सकारात्मक र राम्रा छन् । एउटा हाम्रो काम अझै पुगेको छैन । हामी काम गरिराखेका छौँ, तर अझै पुगेको छैन । अघि महालक्ष्मी नगरपालिकाको साथीले भन्नुभएको थियो कि नमुना ढंगले काम गरेका छौंर भएको छ । केही ठाउँमा त्यस्तो पनि भएको होला । जहाँ नेतृत्व हाम्रो छ, त्यहाँ धेरै काम भएको छ । जहाँ नेतृत्व हाम्रो छैन, हाम्रो साथीहरू पनि पीडित हुनु परेको छ । काम पनि राम्ररी हुन नसकेको अवस्था छ ।त्यसो भएरयसमा विविधता छ। फेरि पनि हामीले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि देशको पक्षमा, जनताको पक्षमा र जनतालाई सुशासन दिने कुरामा काम गरिरहेका छौं । सुशासनका तीनवटा पक्ष हुन्छन् । ती तीनवटै पक्षमा हामी योगदान गर्न सक्छौ । त्यसमा पनि शान्ति सुरक्षाको पक्ष एउटा, दोस्रो कुरा सुशासनका कुरामा, भ्रष्टाचार नियन्त्रण, अनियमितता जस्ता कुराहरू नहुन् र तेस्रो कुरा जनतालाई सेवा सुविधा जनप्रतिनीधिले दिनुपर्ने र जनताले पाउनुपर्ने कुराहरू बिना विलम्ब सजिलोसँग स्वच्छता र पारदर्शिताको साथ उपलब्ध गराउन सकियोस् । हामीले आपूmले भ्रष्टाचार नगर्न सकिन्छ । कुन कुन पार्टीका कस्ता मान्छे छानिएका छन्, ती सबैको जिम्मा हामीले लिन सकिने कुरा होइन । तर हामी स्वच्छ ढंगले काम गर्न सक्छौं । त्यसमार्फत् हाम्रो छुट्टै छविहामी देखाउन सक्छौं ।एमालेले राम्रो काम गरिरहेको छ । जनतालाई सेवा सुविधा दिने कुरामा छिटो छरितोसँग, बिना झन्झट र बिना कठिनाई खुसीका साथ हामी सेवा सुविधा उपलब्ध गराउँछौं । त्यो नै जनतामा प्रभाव पार्ने कुरा हो । सुशासनको एउटा पक्षसेवा सुविधा उपलब्ध गराउने हो । शान्ति सुरक्षाको पक्षमा हामी अलिक कम गर्न सकौला तर सेवा सुविधा पु¥याउने कुरामा सबैभन्दा बढी गर्न सक्छौं ।त्यसकारण हामीले वैयक्तिक र संस्थागत पनि लोकप्रियता हासिल गर्न सक्छौ । पार्टीलाई पनि लोकप्रिय बनाउन सक्छौं । यो काममा साथीहरू लाग्नुभएको छ भन्ने मलाई विश्वास लागेको छ । साथीहरू यसमा दत्तचित्त भएर लाग्नुभएको छ । तर अझै हाम्रो काम पुगेको छैन । पार्टी र जनप्रतिनिधिका बीचमा तालमेल मिलाउने कुरा, पार्टीले आफू नेताको हैसियतमा जनप्रतिनिधिहरूलाई सहयोग पु¥याउने कुरा, जनप्रतिनिधिहरूले म पार्टीले पठाएको प्रतिनिधि हुँ भन्ने कुरा नबिर्सिएर, आफ्ना कामहरू पार्टीप्रति जवाफदेही भएर गर्ने र पार्टीमा रिपोर्टिंग गर्ने कुराको सन्तुलन यी कुराहरू अझ बढी मिलाउनुपर्ने आवश्यकता छ ।
अनावश्यक ढंगले पार्टी र जनप्रतिनिधिका बीचमा कहिलेकहिले असम्झदारी हुने कामहरू भएका छन् । अघि पनि कुरा उठ्यो, जनप्रतिनिधिहरुलाई पर्याप्त प्रशिक्षण, दिशानिर्देश, काम गर्ने तरिका कसरी, त्यो राम्ररी पार्टीले सिकाउने प्रबन्ध गर्नुपर्ने हो । त्यहीँको पार्टी कमिटीले नै दिशानिर्देश गर्न सक्छ भन्ने छैन । तर, अरु प्रशिक्षकहरु बोलााएर प्रशिक्षण लिन सकिन्छ । अरु अनुभवी साथीहरूलाई बोलाएर जसले नयाँ ढंगले काम गरेका छन्, ती साथीहरूलाई बोलाएर प्रशिक्षण दिन सकिन्छ । यस्ता कामहरू गर्नुपर्छ । हामी यी कामहरू गर्दै जानेछौँ ।

अहिले एकछिन्लाई मुसाले बिरालो तर्साएको जस्तो भइराखेको छ । उल्टो नि !एमालेलाई एउटा कसैले फोन गर्छ, म जेएनजी हुँ भनेपछि, अस्ति आगो लागेको देखेको छ नि हामीले, आगो त निर्वाध लगाउन पाएपछि ५०/६० जनाले सिंहदरबार जलाइदिए। रोक्ने कोही भएन त जलाउने नै भए नि । रोक्ने कोही भएको भए केही पनि हुने थिएन देशमा । रोक्ने कोही भएन ।

अर्को कुरा, कुनै पनि समयमा, कुनै पनि प्रकारको अराजक, अपराधिक गतिविधि, आगजनी, तोडफोड, लुटपाट जस्ता कुरा भए भने हामी आफैँले पनि टोलटोलमा सुरक्षा गर्नुपर्छ भनेर तयार भएनौं । आफैँ तयार भएन भने अरूको भर परेर हुने रहिनछ भन्ने कुरा यसपल्ट हामीले देख्यौं । केही घण्टाभित्र देश जल्यो । त्यस कुरालाई हामीले नबुझेका थिएनौं, बुझेका थियौं तर बुझेको कुरालाई व्यवहारमा प्रयोग गर्न पर्याप्त ध्यान दिएनौं । जसले गर्दा भन्दै रह्यौ, भन्दै रह्यौ, हेर्दा हेर्दै समय गइसकेको थियो । नहुनुपर्ने कुराहरू भए ।

मैले धेरै पल्ट र धेरै ठाउँमा भनेको छु– हाहुको सरकार भनेर । यो हाहुमा बनेको सरकार । सरकार भनेको यसरी बन्दै बन्दैन । यसरी बन्दैन । उहिले मुख्यतन्त्र हुँदा यो दासयुगको प्रारम्भतिर पनि गाउँका मान्छे भेला हुन्थे र मुखिया कसलाई छान्ने भनेर त छलफल गर्थे । यहाँ मुखियामुखिनी कहाँकहाँबाट आए आए,छान्नै पाइएन! कसैले छान्न पाएनन् । अवतरित भए । एउटा यताबाट झर्छ,अर्कोउताबाट झर्छ ।कोही चप्पल लगाएर झर्छ, कोही हाफ्पैन्टलगाएर झर्छ, कोही फरिया लगाएर झर्छ, हामी हेरेको हे¥यै ! यस्तो खालको स्थिति छ । कसैले छानेको होइन । आजको जमानामा कसैले नछानेको सरकार ! अचम्मको छ ।कसले बनायो भन्दा को हो को हो, कोही पनि छैन बनाउने । कोही छैन बनाउने । यो केमा अडेको छ भन्दा के मा अडेको छ, के मा अडेको छ ! यसको जग पनि छैन । मैले धेरै ठाउँमा भन्ने गरेको छु, केही लगेर झुण्ड्याउनुप¥यो भनेत्योठाउँलाई आलम्ब भन्छ । तलको उजिण्डो होइन, माथिबाट टेकाउने हुन्छ, त्यसलाई आलम्ब भन्छ । त्यस्तो आलम्ब पनि छैन । झुण्डिनलाई त केही चाहियो नि, केही समाउन पर्यो नि, त्यो समाउने ठाँउ छैन त्यसको । पुरानो गाउँघरको भाषामा भन्ने हो भने टेक्ने हाँगो, समाउने डालो भन्छन् । टेक्ने हाँगो पनि छैन, समाउने डालो पनि छैन । कसरी अडेको छ, कसरी अडेको छ ! फेरि के के न जनताले अत्यधिक मतले छानेको जस्तो धाक धक्कु उसकै ठूला छ । धाक धक्कु साना छैनन् । देखिहालियो हामीले, दुर्गा प्रसाईंले एउटा भिडियो निकाल्दिए । दिउँसो भिडियो निस्कियो, मध्यरातमा गएर समाते । म सोध्न चाहन्छु,–यो सरकारसँग त्यस भिडियोको जवाफ छ कि छैन? दुर्गा प्रसाईंलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन? गृहमन्त्रीसँग छ कि छैन? यत्तिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ? दुर्गा प्रसाईंले सोध्दैनन् होला त्यसको जवाफ, देशभरिका जनताले सोध्छन्, दुनियाँले सोध्छ नि, के हो त्यो?‘एआइ’त होइन होला । अनि कसैले प्रश्न उठायो, भएकै भिडियो त देखाएको होला नि । भएकै भिडियो देखाएको हुन् नि । त्यस प्रश्नको जवाफ, के गरेको थियो त? के भएको थियो? यति साह्रो तपाईंहरुकोे ताउर माउर किन थियो? ताउर माउर त धेरै थियो ।

दुनियाँशोक, चिन्ता, पीरमा जलिरहेको बेला तपाईंहरु त षड्यन्त्रका तानाबाना बुन्दै हुनुहुँदो रहेछ । गिरफ्तार गरेर मुख बन्द गराएर समस्याको समाधान खोज्ने ? म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईलाई तुरुन्त छोड्नुस् ।बोल्न नपाईने पनि हुन्छ ? मानवअधिकार आयोगले भनिसकेको छ कि बोलेवापत् नै थुन्नु मानवअधिकारको उल्लङ्घन हो भनेर । सरकारलाई मानवअधिकारको उल्लङ्घन गर्ने अधिकार छैन भनेर मानवअधिकार आयोगले भनिसक्यो, सरकारले बुझ्नुपर्छ । त्यसो भएर बोल्न नदिनका लागि, बोलेवापत् आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्नु हुँदैन । कसलाई को मन पर्छ, कसलाई को मन पर्दैन र होइन । तर केमा थुन्ने, केमा नथुन्ने हुन्छ नि । अपराधमा पो थुन्ने हो त । अनि भएको भिडियो बाहिर ल्याउनु अपराध हो?अनि स्वेच्छाचारी ढंगले रातिराति ! बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो त? रातिराति ! तमासा ! यो सरकार तमासा गरिराखेको छ । अर्थात् यहाँ त बोल्न पनि नपाइने भयो । सरकार निर्वाचन, निर्वाचन भनेर कुरा गरिराखेको छ । आज ४बजेतिर होला प्रधानमन्त्रीले सबै पार्टीहरूलाई निर्वाचनको विषयमा छलफल गर्न सिंहदरवारमा बोलाउनुभएको छ ।आजबारामा हाम्रो युवा भेला थियो । युवा भेलामा जेएनजी हुँभन्दै आक्रमण गरे । गुण्डा भन्ने शब्द राम्रो हुँदैन होला । केही विद्वानहरूले ढुङ्गामुढा गरे र आक्रमण गरे । हाम्रो सभाबिथोले । तिनीहरुलाई के भन्ने? गाली त गर्नुभएन । सज्जनहरूले आक्रमण गरे भन्नु पर्ला । विद्वान्हरूले आक्रमण गरे भन्नु पर्ला । तर कसैले सभा गर्छ, भेला गर्छ, त्यहाँ भौतिक आक्रमण गर्ने? भेला गर्न नदिने? सभा गर्न नदिने? अस्ति विरगञ्ज जलाउने, बारा जलाउने तिनै अपराधीहरू भेला भएका छन् । किनभने तिनीहरुलाई कारबाही भएको छैन ।अझै पनि उनीहरुको मनोबल उच्च छ । तिनीहरू नै भेला भएर एमालेमाथि आक्रमण गरिराखेका छन् । अघि भर्खरको कुरा म गर्दैछु, सिमरा एयरपोर्ट बन्द भयो । हाम्रो नेताहरू त्यो सभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्थ्यो । हाम्रो नेताहरू जान पाउनुभएन । नेताहरूलाई जानबाट बाटो रोकियो एयरपोर्ट नै बन्द गरेर, एयरपोर्ट नै तोडफोड गर्न दिइयो । यो देश कस्तो भएको ५०÷६० जना मान्छेहरू आएर ढुङ्गामुढा गरेर एयरपोर्ट बन्द गर्दिने, के हो यस्तो? जतिबेला चाह्यो जेएनजी भन्यो, एयरपोर्ट बन्द । जतिबेला चाह्यो अर्काले सभा गर्न नपाउने, सभा बन्द । अनि भन्छ चुनाव गर्नेअरे ! सभा गर्न नदिनेले चुनाव कसो गर्छ? पहिला जेएनजी भन्ने, आगो लगाउने, तोडफोड गर्ने र लुटपाट गर्ने आतंककारीहरूलाई नियन्त्रण गर । सभागर्न नपाउने चुनाव हुन्छ ?चुनावमाप्रचारमा जान नपाइने, सभामा भाग लिन जान नपाइने, कार्यक्रममा जान नपाइने, अनि चुनाव हुन्छ ? म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, कस्तो चुनाव गराउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्रीजी? बोल्यो कि मान्छे समातेर थुनाउनुु हुन्छ, सभा गर्न खोज्यो गुण्डा लगाउनु हुन्छ ।मान्छे कतै कार्यक्रममा सहभागी हुन जान लाग्यो, एयरपोर्ट बन्द हुन्छ । कस्तो चुनावगराउन खोज्नुभएको छ ? यो देशको दुर्भाग्य हो । तर यही कुरा अब चलिरहन दिनु हुँदैनर चल्दैन । बारामा होस् कि जहाँसुकै होस्, एमालेमाथि हमला हुन्छ भने एमाले भाग्ने होइन, फनक्क फर्किने हो । एमाले भागेर हिंड्छ भन्ने कसैले ठानेको छ भने त्यो नठाने हुन्छ । यो देश छोडेर एमाले भाग्दैन, कहाँ जाने देश छोडेर ?त्यसकारण म हाम्रो पार्टीका सबै तहका नेता, कार्यकर्ता, कमिटी, जनवर्गीय, पेशागत, सामुदायिक संगठनहरूलाई भन्न चाहन्छु, पहिले हरेकले मनमा लिनुस्, यो देश हाम्रो पनि हो, हामी हरेकको हो । यस देशमा शान्तिपूर्ण ढंगले बस्न पाउने अधिकार, गतिविधि गर्न पाउने अधिकार, पेशा व्यवसाय गर्न पाउने अधिकार हाम्रो पनि छ । हामीलाई मार्न पनि पाइने, हाम्रो घर जलाउन पनि पाइने, हाम्रो घर लुट्न पनि पाइने? अनि सुशासन भनेको जसको घर जलाइएको छ, जसको लुटिएको छ, जसको तोडफोड भएको छ, जसको ज्यान जोखिममा पारेको छ, उनीहरूलाई गिरफ्तार गर्नुचाहिँ सुशासन हो अरे !जेएनजीको भावनाअरे ! को जेएनजीको भावना ? के हो जेएनजीको भावना ? को जेएनजीहरु ? आगो लगाउनेहरू ?मैले भनेको छु ,जेएनजी कुनै चिज होइन । जेएनजीभनेको कुनै तत्त्व नै होइन । जेएनजीभनेको त एउटा कम्प्युटरको विकासको क्रमलाई लिएर सन् १९९७ देखि २०१२ सम्मको पन्ध्र वर्षको अवधिलाई जेनरेशन जेड, यो कम्प्युटर डेवलपमेन्टको अवधि भनेको हो । मान्छेमा त्यो फिट हुँदैन । एउटा भ्रान्त धारणा, एउटा भ्रान्त सेन्टिमेन्ट ।

युवा भनेको त्यसअघिका पनि युवा छन्, त्यसपछिका पनि युवा छन् । केही युवालाई भड्काएर, सेन्टमेन्टमा ल्याएर, गलत प्रशिक्षण दिएर देशकै विरुद्ध प्रयोग हुने त्यस्तो खालको स्थिति बनेको छ । विद्यार्थीहरूलाई जेएनजीका नाममा दुरुपयोग गर्ने । विद्यालय र शिक्षालयहरू भनेका शान्तिक्षेत्र हुन् । त्यहाँबाट युनिफर्म लगाएर विद्यार्थी पठाउने । माविस्तरमा पढ्ने विद्यार्थीहरूलाई युनिफर्म लगाएर आन्दोलनमा पठाउने काम गर्नु हुँदैन । अनी, निजी विद्यालयहरू राम्रो कुरा बताउन विद्यार्थीका व्यवस्थित संगठनहरू, जिम्मेवार संगठनहरू जाँदा शिक्षालयमा राजनीति पस्नु हुँदैन भनेर विदेशी राजनीति, देशद्रोही राजनीति त्यहाँभित्र फसाएर अनेक प्रकारका कुनै परिषद, कुनै के अनेक चिज गरेर, अनेक नाटक तमासा त्यहाँभित्र गराएर अनि युनिफर्म लगाएर पठाउने, आन्दोलनमा ? यो कुरा ठीक भएन । हामीले आफ्नै बालबालिकाहरूलाईराम्रो शिक्षा दिनुपर्दछ । घरमा पनि शिक्षा दिनुपर्छ, विद्यालयमा मात्र भर परेर हुँदैन । क, ख, ए, बी, सी, डी, वान, टु, थ्रि, फोर मात्रै पढेर हुन्छ ? गुण पढ्नु प¥यो । देशभक्ति पढ्नु प¥यो, आचरण पढ्नु प¥यो, सदाचार पढ्नु प¥यो, करुणा पढ्नु प¥यो, मानवता पढ्नु प¥यो, न्याय पढ्नु प¥यो, समानता पढ्नु प¥यो, सम्मान पढ्नु प¥यो र यी बुझ्नु प¥यो । त्यसो भएर हामी आफैँले पनि आफ्ना बालबालिकाहरूलाई सम्झाउनु प¥यो । त्यहाँ अस्ति ५÷७ हजार विद्यार्थीहरू गएका थिए । माइतीघर मण्डलबाट एभरेस्ट होटल पुग्दाउनीहरूले हाइज्याक भयो हाम्रो प्रदर्शन र हाम्रा मागहरू, यहाँ घुसपैठ भयो, अब हामी फक्र्यौ, हाम्रो प्रदर्शन सफल भयो भने । उनीहरुका मागहरू अहिलेको जस्तो थिएन । उनीहरुका भद्र मागहरू थिए र शान्तिपूर्ण ढंगले भनेका थिए ।हामीउनीहरुकै त्यही माग पूरा गर्ने दिशामा नै काम गरिराखेकै थियौं ।ती मागसँग कसैको आपत्ति हुनुपर्ने अवस्था होइन । तर ती जेनजी होइन, ती युवा विद्यार्थीहरु थिए । उनीहरूलाई जेनजी भनेर ल्याइयो । कठैवरी, जेन्जी ! जेनजी बनाइयो । अहिले पनि फोन आउछन्, जेनजीको नाममा, आगोलागाइ दिन्छु, मार्दिन्छु, काट्दिन्छु, लुटदिन्छु, कुड्दिन्छु भनेर। यस्तै हुन्छ युवा ?जेनजीले होइन, क्रिमिनलले गरेको फोन हो त्यो । तपाईंहरूले जेनजीले गरेको नठान्नु । कुनै जेनजीले यस्तो फोन गर्दैन । क्रिमिनलले गर्छ । क्रिमिनलहरूले छद्मभेषीपाराले जेनजीको नाममा, विद्यार्थीका नाममा र युवाका नाममा गर्छ । उमेरले युवा हुनसक्छ तर मानसिकताले, आचरणले र व्यवहारले क्रिमिनल हो ।

तसर्थ, यो कुरा हामीले बुझ्नुपर्छ र यस्ता प्रकारका आततायी क्रियाकलापहरुलाई हामीले रोक्नुपर्दछ । यो आततायी क्रियाकलाप रोक्नका लागि यो असंवैधानिक सरकार, प्रतिनिधिसभा विघटनको अनधिकृत सिफारिस, अनधिकृत सिफारिसलाई बाहना बनाएर असंवैधानिक ढंगले गरिएको विघटन फिर्ता हुनुपर्दछ र प्रतिनिधिसभाको पुनः स्थापना हुनुपर्दछ । यो नभइकनफेरि लिकमा फर्किने सम्भावना छैन ।सरकार के भन्दैछ–चुनाव ।तपाईंहरु भोगिरहनु भएको छ, अहिले पनि फोनबाट समेत राजीनामा गर पार्टीबाट भन्दैछ, धम्काउँदैछ, नत्र भने यो गर्छु, त्यो गर्छु, तेरो घरमा आगोलगाउँछु भन्दैछ । कोही डेरामा बसेको छ भने घरबेटिलाई फोन गरेर त्यो मान्छे निकाल डेराबाट, होइन ननिकाल्ने हो भने आगोलगाइदिन्छु भन्दैछ । त्यो कुनै मान्छे हो?त्यो राक्षस हो।कुनै मान्छेले त्यसो भन्छ? राक्षस भनेको अपराधीलाई भन्छ । अपराधी हो, अपराधीलाई राक्षस भन्छ । अरु कुनै राक्षस हुँदैन । अपराधी मानसिकताको व्यक्ति, अपराधी कर्म गर्न तत्पर हुने व्यक्ति, उसको मानसिकताले वा भाडामा अपराधिक काम गर्ने व्यक्ति अपराधी हो । मैले अघि भनेको राक्षस भनेको छ त्यही हो ।

यस देशमा नेकपा एमाले छ नि, अरु कोही बोल्छ कि बोल्दैन, के गर्छ र कसो गर्छ, छोड्दिऊँ । तर हामी छौं, नेकपा एमाले छ । हामीले आफू संगठित हुनुप¥यो । सत्यको पक्षमा हमी दृढताका साथ बोल्ने, उभिने र गतिविधि गर्ने गर्नुप¥यो। कुनै जेन्जी अब आगोलगाउन आउनेवाला छैनन् । आगो लगाउन आयो भने राम्रै सम्झाईबुझाई गरेर प्रहरीलाई जिम्मा लगाइन्छ । अब नेकपा एमालेले टोल टोलमा टोल सुरक्षा समिति बनाउँछ र गाउँ टोल लगायतको सुरक्षा गर्छ । जहाँजहाँ सुरक्षाको आवश्यकता छ, त्यहाँ त्यहाँ सुरक्षा गर्छ ।

हामी पर्सि५ गते ११ बजे युवाहरूको नेशनल भोलेन्टियर फोर्स गठन गर्दैछौं । त्यो फोर्सले कहीं कतै कहिल्यै कुनै प्रकारको अशान्ति मच्चाउँदैन । त्यसले कहीं, कतै र कहिल्यै अरुमाथी अन्याय गर्दैन । त्यसले कहीं, कतै, कहिल्यै राष्ट्रिय हित, जनताको हित, राष्ट्रका विपक्षमा कुनै प्रकारका सोच, विचार र क्रियाकलाप केही पनि गर्दैन । त्यसले कहीं पनि शान्ति खल्बल्याउँदैन । आफ्ना पक्षका होउन् कि विपक्षका होउन् सबैको जीउ धनको रक्षा र राष्ट्रिय सम्पत्तिको रक्षा गर्दछ । आफ्ना पक्षका होउन् कि विपक्षका, उनीहरुको जीउधनको रक्षा गर्दछ । तर यो कानमा लगाउने कुण्डल, घाँटीमा लगाउने कण्ठ र तिलहरी बनाएको होइन ।देशको शान्ति सुव्यवस्था फर्काउनका लागि, सुशासन बहाल गर्नका लागि यो निर्माण गरिएको हो । त्यसकानिम्ति यो उभिन्छ र गर्छ । त्यसका आफ्ना नियम छन् । त्यसले संविधान मिच्दैन, कानुन मिच्दैन र त्यसले वैयक्तिक सन्कि आदेश मान्दैन । यो सरकारले जतिबेला जे पनि आदेश गर्न सक्छ, सनकका भरमा । त्यस्ता आदेश, गैरकानूनी आदेश, संविधान विपरीतका आदेश, मौलिक हक विपरीतका आदेश, स्वतन्त्रताका हक विपरीतका आदेश, संविधान र कानून विपरीतका आदेशको पालना गरिरहनुपर्दैन । आदेशबाट यो देश चल्ने होइन, संविधान र कानूनबाट देश चल्नुपर्छ र चल्छ । सरकार स्वेच्छाचारी हुन सक्दैन, संविधान र कानूनबाट चल्नुपर्छ । उसले पनि त्यो कुरा थाहा पाउनुपर्छ । यसलाई राती समातेर थुन्देउ, यसले मेराविरुद्ध बोल्यो, त्यसलाई थुन्देउ, उसलाई फलान ठाउँमा जान नदिनु, एयरपोर्टमा समास्या खडा गर, उडान नै बन्द गर्दे । त्यहाँ सभा गर्न नदेउ, गएर ढुंगामुढा गरेर बिथोल्ने काम गर, यस्ता कुराहरू चल्दैनन् । नेकपा एमाले बाघसँग डराउँदैन, कागजका बाघले फुर्ती लगाउनुपर्दैन । रियल बाघसँग पनि डराउँदैन । कागजका बाघले त झन् फुर्ती लगाउनै पर्दैन, कागजको बाघ हामीले राम्रै चिनेका छौं । त्यसकारण यस प्रयोजनका लागि ५ गते युवा ¥यालीमा युवा साथीहरू सहभागी हुनुहोस् अत्यधिक संख्यामा र६ गते काठमाडौँमा हुने पार्टीद्वारा आयोजित ¥यालीमा भव्य उपस्थिति हुनुपर्दछ । बिहेको निम्ता कार्डमा ‘चु’ लेखेको हुन्छ नि, त्यस्तै ‘चु’ लेखेजस्तै सबै साथीहरू ‘चु’ । त्यस ¥यालीमा उपस्थित हुनुपर्दछ र त्यसलाई अत्यन्तै भव्य र सफल बनाउनुपर्दछ । ¥याली कसरी शान्तिपूर्ण हुन्छ, त्यो अब हामी देखाउँछौ, शान्तिपूर्ण ¥याली देख्न नपाएको धेरै भयो । नेपालको हाहुका ¥याली, जडिबुटी जलाउने ¥याली, अर्काका पशु लुट्ने ¥याली, मान्छे घरभित्र राखेर बाहिरबाट ढोका थुनेर तलबाट आगो लगाउने ¥याली, यस्ता देखिए । तोडफोड गर्ने¥याली देखिए । रिस उठेका पार्टी कार्यालय तोडफोड गर्ने, आगो लगाउन जाने ¥यालीहरु देखिए । अपराधिक क्रियाकलापका ¥यालीहरु देखिए । देशको पक्षमा, शान्तिको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको रक्षाको पक्षमा ¥याली नेकपा एमालेले आउँदो यही ६ गते अथवा निकापर्सि यस्तो ¥याली गर्दैछ । जहाँ साथीहरूको भव्य, सक्रिय, त्यहाँ सहभागिता मात्र होइन, त्यसको तयारीका लागि भोलि र पर्सिका दुई दिन छ । यी दुई दिनलाई तयारीको लागि सदुपयोग गर्न सबै साथीहरूलाई म आग्रह गर्दछु । हरेक साथीले कमसेकम यति यति मान्छे त ल्याइन्छ हाम्रो ठाउँबाट भनेर भन्नु हुनेछ ।

तपाईंहरू जनप्रतिनिधि हो नि, तपाईंका साथमा जनता छन् । तपाईंहरूलाई त साथीभाइहरूले, दाजुभाइ, दिदीबहिनीहरूले भोट दिएर जिताउनुभएको छ । त्यो भोट दिने साथीहरूलाई भन्नुपर्छ,‘यो भोट दिने व्यवस्थ नै मासिन लागिसक्यो ।’त्यसकारण त्यो व्यवस्था मासिन दिनु हुँदैन ।सक्ने हो भने यिनीहरुले सबै मास्छन् । यिनीहरुले धान बारी मात्रै समाप्त पार्ने रहेनछन्, मकै बारी मात्रै होइन, यिनीहरुले आलु भेटे आलु फाँड्छन्, खुर्सानी बारी भेटे त्यो पनि फाँड्छन्, साग बारी भेटे त्यो पनि उखेलेर फाल्छन् । केही पनि रहन नदिने यिनीहरुको योजना हो । किनभने यिनीहरुलाई देशको माया छैन भन्ने त आगो लगाएकै बेला देखियो । तोडफोड र लुटपाट गरेबाटै देखियो । यी सामाजिक तत्व नै होइन, असामाजिक र अपराधिक तत्त्व हुन् । मान्छेका घर छानी छानीकन, अर्काको सम्पत्ति जलाउदै हिंड्ने, लुट्दै हिंड्ने यी सामाजिक तत्व हुन्? असामाजिक तत्वहरु हुन् । यो राष्ट्रलाई कंगाल पार्ने, षड्यन्त्र गर्ने यिनीहरु अराष्ट्रिय तत्वहरु हुन् । यिनीहरु देशद्रोही तत्वहरु हुन्, जसले देश ध्वस्त बनाए । अनि त्यहाँ त कस्तो भयो नि, मेरो घर जल्यो, मेरो घर जलाउनु हुँदैनथ्यो, किन जलाएको भन्न पनि नपाइने, अपराध भयो, यहाँ बोल्यो कि त अपराध हुन्छ । उनीहरुले जलाउन पाउने, किन जलाएयो मेरो घर? जलाउन हुँदैनथ्यो भन्न नपाइने । कस्तो गज्जबको ! ड्रामा हुन्छ, एउटा कागज बनाउछन् ड्राफ्ट गरेर ।अनि केही युवासंँग र केही मान्छेहरूसंँग बस्छन । कोही ड्रैगनका टाटू छापेका, कोही टीओवी लेखेका, कालै कपडाले सबै आफूलाई छोपेका, त्यस्ताहरू । हामी सतगत गर्ने बेलामा झण्डा ओडाउँछौ, तिनीहरू पहिलै नै झण्डा ओड्छन् । झण्डा ओडे भने खतरा हुने रहेछ, त्यो देख्यौं हामीले झण्डा ओडेकाहरू, झण्डा ओडेर सडकमा जानेहरू । मुस्लो बोकेका छैन भने मट्टितेल बोकेका हुन सक्छ, पेट्रोल बोकेका हुन सक्छ र लाइटर बोकेका हुन सक्छ, होसियार हुनुपर्छ । पेट्रोलको पाउच र लाइटर बोकेका हुन सक्छन तिनीहरूले झण्डा ओडेका छन् भने । झण्डा ओड्ने चिज होइन, फहराउने चिज हो । यिनीहरू किन ओड्छन् ? अलिक अगाडिदेखि झण्डा ओड्ने फेशन चलाएका थिए । हामी झण्डा त लगाउँछौ नि, उनीहरू त झण्डा ओड्छन्, त्यो पेट्रोल र लाइटरवालाको पहिचान रहेछ । राष्ट्रिय झण्डाको त्यस्तो दुरुपयोग र अपमान गरेका छन् ।राष्ट्रिय झण्डाको हुर्मत लिएको छ। हरेक आगो लगाउनेले झण्डा ओडेको छ । योभन्दा तमासा के हो? डेलिगेशन बोलाउँछन्, आफैँले लेख्छन् मागपत्र । सुन्दैछौं, सम्झौता गर्ने अरे ।सम्झौताको आफैँले ड्राफ्ट गर्ने, आफैँले यो यो भन्नुहैं भन्ने, मलाई पनि गाली गर, माग पूरा तुरुन्त गर्छौ कि गर्दैनौं, मलाई पनि गाली गर, अनि जेएनजीको दबाव आएको छ भन्छु भन्ने ।सरकारलाई कतिको दबाव चाहिन्छ, त्यतिको दबाव हामी दिन्छौ, १०÷२० जनाको होइन । लाखौंको दबाव । कति चाहियो त्यति हामीले दिन्छौ ।जेएनजीकादबाव, आर्टिफिशियल ड्रामा जेएनजीका नाममा ! यसरी देश चल्दैन र चलाउन पाइँदैन । यस कुरामा हामी जो जहाँ छौं, त्यहाँबाट आवाज उठाउने र लड्ने हो । हाम्रो हालत किन त्यस्तो भयोभन्दाहामी नबोलेर । अरूले सामाजिक सन्जालमार्फत् हामीलाई हमला गर्छन्, तथानाम भन्छन् तर हामी चुप्प लाग्छौं । बाघको डमुरू स्यालको बच्चासँग डराउने अवस्था भइसक्यो, यो के भएको ?एमालेलाई एउटा जेएनजी हो भनेर एसएमएस पठाउँछ, एमाले पो डराइराखेको ! यस परिस्थितिलाई हामीले उल्टाउनुपर्दछ ।

मैले विश्वास लिएको छु साथीहरू ६ गतेको डेमोस्ट्रेशनमा भब्य ढंगले उपस्थित हुनुहुनेछ । आफ्नो टोलका सबै साथीहरूलाई त्यस सभामा सहभागी गराउनुहुनेछ । हामी विरोध प्रदर्शनका लागि जाँदछौं, हाम्रो विरोध छ । यो तोडफोडका, आगजनीका विरोधमा, यो लुटपाटका विरुद्धमा जाँदैछौं । अहिले शान्ति सुरक्षाको नाजुक अवस्थाको विरोधमा, प्रहरीलाई अत्यन्त कमजोर बनाइएको विरोधमा हामी जान्छौं र हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । यो देशको, जनताको, शान्तिको, विकासको, सुशासनको, लोकतन्त्रको र संविधान रक्षाको पक्षमा छ । त्यसकारण हामीले किञ्चित हिच्किचाउनु पर्ने छैन । हामी दृढतापूर्वक यसमा उभिएर अगाडि बढ्ने छौं ।

देशमा अधिनायकवाद चल्न सक्दैन, चल्न दिँदैनौं । यो अधिनायिकी ढंगले बनेको सरकार हो । अधिनायिकी ढंगले चलेको छ, न संविधानअनुसार चलेको छ, न बनेको थियो, न चलेको छ । त्यसकारण यो अधिनायिकी चल्दैन, अधिनायकवाद चल्दैन र उनीहरूलाई जुन अदृश्य शक्ति, अघि मैले भनेँ–केही पनि देखिंदैन, के माथि अडिएको छ? टेक्ने हाँगो के हो केही पनि थाहा छैन, समाउने डालो के हो पनि देखिंदैन, छैन केही पनि । त्यो अदृश्य शक्तिमाथि उनीहरूको जुन विश्वास छ, त्यो होइन नेपाली जनता यस देशका निर्णायक शक्ति हुन् भन्ने कुरा हामीले बताउनुपर्दछ ।

अर्को कुरा, पार्टीएकजुट भएर काम गर्नुपर्ने बेलामा विदेशीहरुले मागिरहेकै कुरा कतिपय मान्छेहरूले माग्न सक्छन् । हाम्रा विरोधीले मागेकोे कुरा माग्न सक्छन् । हाम्रा विरोधीलाई के चाहिएको छ, केपी ओली अध्यक्षबाट हट्यो भने एमालेलाई कमजोर पार्न सकिन्छ । केपी ओली छ, एमाले त फेरि जुरुक्क उठिसक्यो । फेरि उठिसक्यो, केपी ओली नभए उठ्न र रोक्न सकिन्थ्यो कि उनीहरूलाई आशा छ । एमाले बिनाको नेपाल, एमाले कोही पनि कार्यक्रम गर्न नपाउने, कोही एमाले हुन नपाइने, केही हुन नपाइने, एमाले बिनाको नेपाल उनीहरूलाई चाहिएको छ । अहिलेको अवस्थामा एमाले छैन भने नेपाल जोगिदैन । त्यसकारण एमाले बिनाको नेपाल चाहिएको छ । एमाले बिनाको नेपालभनेको अस्तित्व समाप्त पार्ने कुरा हो । यसर्थ केपी ओलीका विरुद्ध विरोधिहरूको यत्रो हमला किन छ ? फेरि उनीहरुको विरोधका पछि के छ, मार्नुपर्छ, काट्नुपर्छ र जलाउनुपर्छ । उनीहरुको तर्क केही पनि छैन । गाली गर्ने, देश छोड् भन्ने । यी कस्ता हुन् ?सुन्छु, एकातिर तिनको सरकारले देश छोड्न पाइँदैन भनेर पासपोर्ट रोक्का गर्छ, अर्कातिर देशक छोड् भन्न पनि लगाइराखेको छ फेरि !बुरुक्क उफ्रिएर जाने कि क्या हो सीमाना काटेर ? कसरी देश छोड्छ? देश छोड् पनि भन्दैछ । पार्टीभित्र एकजुट र एकढिक्का भएर हामी अगाडि बढ्नुपर्ने बेलामा, एमाले एकजुट भएर विरोधीको मुकाबला गर्नुपर्ने बेलामा पार्टीभित्रै अन्तरसङ्घर्ष र जनवाद भनेर वाइयात कुरा गरेर विरोधीका लहैलहैमा विरोधीलाई सघाउने काम केही मान्छेले गर्छन् भने त्यो अत्यन्त दुःखद कुरा हो । जो पार्टीको पक्षमा होइन, पार्टी विरोधी कुरा हो । छक्क म के पर्छु भने, केपी ओलीले विरोधी सहंदैन, विपक्षी सहंदैन, केही बोल्यो भने सहंदैन । तपाईंले देख्नुभएको छ, यत्रो सामाजिक सञ्जालमा बोल्दा कसैलाई केही गरेको छ अहिलेसम्म ? मनपरी बोल्दा केही भनेको छ ? त्यत्ति सहिष्णुता । मलाई पार्टीबाट निष्कासन गरेर हिंडेका मान्छे फेरि फर्केर, फर्काएर ल्याएर विभिन्न पदाधिकारी बनाएर मेरै छेउछेउमा राखेरसम्मानपूर्वक चलाएको छु । फेरि केपी ओली नैसंर्कीण, फेरि केपी ओली नै साँघुरो! के भनेको त्यो ?

नेकपा एमाले प्रचण्ड जस्तो संकटग्रस्त पार्टी होइन । कहीं काम गर्न नसकेपछि कताबाट कता गए, कताबाट कता गए । पार्टी पनि चलेन, केही पनि भएन भनेपछि बुढाबुढी ल्याएर वृद्धाश्रम खोलेको जस्तै, टुँडिखेलमा भात बाँड्थे नि एकपल्ट बाबुराम भट्टराईहरूले, त्यस्तै गरेर भात बाँड्ने ठाउँ बनाउने यो त्यस्तो पार्टी होइन । यो देशका लागि लड्ने पार्टी हो, यो वृद्धाश्रम होइन । त्यसकारण एकताका नाममा काम नगर्नेखालका मान्छेहरू, अहंकारले भरिएका मान्छेहरू थुपारेर । अब देख्छन् प्रचण्डले, अब देख्छन् । एक ढंगले भन्ने भने म त एकदम खुसी छु । दोस्रो नम्बर मेरै साथी, तेस्रो नम्बर मेरै साथी, चौथो नम्बर मेरै साथी, छ नम्बर मेरै साथी । अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन् । मेरा साथीले त प्रचण्डलाई घेरिसके । माओवादी पार्टी विघटन गराइसके । काम गरेका छन् ।माओवादी पार्टी सिध्याइ दिए । अब विप्लवजीहरूले माओवादी बनाउँछन् । अब नेकपा माओवादी भनेको विप्लवजीहरूको पार्टी भयो । अब प्रचण्डहरू माओवादी पार्टीका होइनन् । हाम्रा साथीहरूले गरेकै छन् र अझै गर्छन् । शुभकामना छ,हाम्रा साथीहरु जो गएका छन्, सफल होउन्र राम्रो होस् । दोस्रो, तेस्रो मात्र होइन, पहिलो, दोस्रो होउन् ।मेरो शुभकामना छ ।अलिअलि साथ म पनि दिन्छु । अलि पुनर्गठन पनि चाहिएको छ क्या त्यहाँ । यो पुनर्गठन होस् भन्ने चाहन्छु ।

ठीक छ, साथीहरू उत्साहपूर्वक र आत्मविश्वासकासाथ लाग्नुस् । यो संघर्ष हो र हामी संघर्षको मैदानमा छौं । यो क्लास (वर्ग)स्ट्रगल हो, यसमा उतारचढाव हुन्छ । यो स्ट्रेट लाइनमाजाँदैन, वक्र रेखाबाट नै हिंड्छ, उतार चढाव हुन्छ ।सधैं एकनासको सीजन हुन्छ र ? वीन्टर, समर, रेनी, अटम, स्प्रिंग यस्ता सिजनहरु हुँदैनन् र ? फरक फरक सिजनहरु हुन्छन् नि । हाम्रो आन्दोलनको क्रममा पनि हामीले कैहिले ज्याकेट लगाउने सीजन, कहिलेपातलो कपडा लगाएर हिंड्ने सिजन, कहिलेफ्यान चलाउने सिजन, कहिले हीटर चलाउने सिजन । यस्ता त भोगी आएकै छौंनि । त्यस्तै आन्दोलनमा पनि हुन्छ । कहिले कहिले अप्ठ्याराहरु आउँछन् । तरसरभाइवल अफ द फिटेष्ट भन्ने सिद्धान्त छ । दे क्यान सरभाइव, हु आर फिटेष्ट । जो जो फिट छन्, ती सरभाइव गर्छन् ।

अर्को कुरा,साथीहरूलाई राजनीतिक रूपले नचिप्लिन म आग्रह गर्दछु । चिप्लिएपछि त लडिहालियो । एक पल्ट चिप्लेर लड्यो भने दौडमा त अर्कोपर कहाँ पुगिसकेको हुन्छ,त्यसपछि पछि परियो, परियो ।त्यसकारण पाइला नचिप्लाउनुस् । लडियो भने कहिले कहिले नराम्ररी घाइते भइन्छ । दौडमा फेरि सामेल हुने हैन, अस्पताल तिर जानु पर्ने खण्ड पर्छ । पाइला चिप्ल्याउनबाट राजनीतिमा होसियार हुनुहोस् । कसैले पनि पाइला चिप्ल्याउनु हुँदैन । हरेस नखानुहोस् । सधैं सकारात्मक सोचका साथ र उच्च मनोबल लिएर अगाडि बढ्नुहोस् । हामी बाँचेको समय हाम्रो हो । यो बाँचेको समय त हाम्रो नि, यो देश हाम्रो हो । हामीलेजोगाउनु पर्छ, हामीले बनाउनु पर्छ, हामी जोगाउँछौ, विकसित हामी बनाउँछौं । पहिले र अहिले अवस्था उस्तै छैन । हामीलेधेरै फरक पारेका छौ । तपाईंहरुले धेरै फरक पार्नुभएको छैन आफ्ना आफ्ना ठाउँमा ? केही ब्लाइण्ड (दृष्टिबिहीन) साथीहरू अस्तिका दिन आउनुभएको थियो । एमालेले केही गरेन भन्नेहरूलाई चस्मा देखाइदिनुस् भनेर एउटा ठूलो चस्मा ग्लास हालेर छङ्ग देखिने खालकोल्याइदिनुभएको थियो । त्यस्ता कोही आए वा तपाईंको भेट भयो भने, यो चस्मा लगाएर हेर, यो दृष्टिविहीन साथीहरूले ल्याइदिएको चस्मा हो । तिमीहरुले आफ्नै आँखाले देखेनौ भने यो चस्मा लगाउँदा देखिन्छ भनेर ठूल्लो आँखा भएको चस्माल्याइ दिनुभएको थियो । त्यो देखाइदिनुस् भनेर उहाँहरुले भन्नुभएको थियो । यति गरेको छ, हामी सुरुङ बनेको देखिराखेका छौं, हामी क्रिकेट मैदान बनेको देखिराखेका छौं, अरू रंगशालाहरू हामी देखिराखेका छौं, बाटाघाट हामी देखिराखेका छौं, पुल देखिराखेका छौं, खानेपानी देखिराखेका छौं, विद्यालय बनेको देखिराखेका छौं, अरु बनेको देखिराखेका छौं । अनि केही मान्छे छन् विकास भएको नदेख्ने, केही पनि नदेख्ने । त्यसो भएर तिनीहरुलाई यो चस्मा आँखो देखुन्भनेर ल्याइदिएका छन् । त्यो कुनै उपयुक्त ठाउँमा राख्ने मैले विचार गरिराखेको छु। यो चर्म चक्षु ठीकै भएका, दिव्य चक्षु नभएकाहरुलाई काम लाग्छ । दिव्य चक्षु नभएपछि फेरि चर्म चक्षुले मात्र काम गर्दो रहेनछ ।
हामी एकै ठाउँमा छौं, हामीसँगै छौं । जहाँ भएपनि म साथीहरूसँगै छु । हरेक साथीहरूले म साथमा छु भन्ने विश्वास लिएर काम गर्नुभए हुन्छ ।