१३ असार २०८३, शनिबार

एनपीएल : सुदूरपश्चिमको धमाकेदार सुरुआत, काठमाडौं २९ रनले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौं गोर्खाजलाई २९ रनले हराउँदै विजयी सुरुआत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गर्दा कमजोर सुरुआतसँगै ४ रनमै ३ विकेट गुमाएको सुदूरपश्चिमले अन्त्यतिर द्रुत रन बनाएर १४७ रनको चुनौती प्रस्तुत गर्‍यो। कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले टीमलाई संकटबाट निकाले, जसमा हर्मितले २० बलमा ६ छक्का र २ चौकासहित ५३ रनको आक्रामक इनिङ्स खेले।

लक्ष्य पछ्याउँदै आएको काठमाडौं गोर्खाज १६.५ ओभरमै ११८ रनमा अलआउट भयो। आकाश त्रिपाठीले ३४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २९२ विकेट लिए, जबकि इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एकएक विकेट लिए।

काठमाडौंका करण केसीले ४ विकेटसहित राम्रो प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।