२३ जेष्ठ २०८३, शनिबार

क्रिस्टियानो रोनाल्डो पनि पुगे साउदी युवराजका लागि ट्रम्पले आयोजना गरेको रात्रिभोजमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । अमेरिकी अर्बपति व्यवसायी एलन मस्क मंगलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानसँग रात्रिभोजमा सहभागी भए ।

यस वर्ष सार्वजनिक रूपमा एक–अर्कासँगको विवादपछि ट्रम्प र मस्क एकसाथ देखिएको यो दोस्रो पटक थियो ।

रात्रिभोजमा मस्कको उपस्थितिबाट उनी र ट्रम्पबीचको तनावपूर्ण सम्बन्धमा सुधार आउन सक्ने संकेत मिलेको छ । मस्कले गत चुनावमा ट्रम्पलाई समर्थन गरेका थिए र उनलाई आर्थिक सहयोग (फन्डिङ) दिएका थिए ।

ट्रम्प सत्तामा आएपछि मस्क उनका नजिकका सल्लाहकार बनेका थिए । उनले सरकारी दक्षता विभागको नेतृत्व पनि गरे र संघीय आर्थिक सहयोग (फन्डिङ) र रोजगारी कटौतीको योजना बनाएका थिए ।

तर, दुई जनाबीच छिट्टै नै विवाद उत्पन्न भयो । मस्कले सामाजिक सञ्जालमा ट्रम्पको व्यापक कर र खर्च विधेयकको आलोचना गर्दै त्यसलाई वित्तीय रूपमा जोखिमपूर्ण बताए । उनले नयाँ राजनीतिक दल बनाउने योजना बनाइरहेको पनि बताएका थिए ।

यसपछि ट्रम्पले जवाफी हमला गर्दै मस्कका कम्पनीहरूलाई प्राप्त हुने अर्बौं डलरको संघीय आर्थिक सहायतामा कटौती गर्ने धम्की दिए ।

विश्लेषकहरूका अनुसार यो विवाद र मस्कको दक्षिणपन्थी राजनीतिक भाषाले टेस्लाको ब्रान्ड छवि, बिक्री र स्टक मूल्यलाई क्षति पु¥यायो । यसपछि मस्क र ट्रम्प सार्वजनिक रूपमा कमै देखिए । मस्कलाई पछिल्लोपटक सेप्टेम्बरमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको स्मृति सभामा ट्रम्पसँग हात मिलाउँदै गरेको देखिएको थियो ।

ट्रम्प यस समय साउदी अरबका युवराजको स्वागत गरिरहेका छन्, जो आफ्नो विश्वव्यापी छवि सुधार्ने र वासिङ्टनसँगको सम्बन्ध बलियो बनाउने प्रयासमा छन् । रात्रिभोजमा पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ पनि उपस्थित थिए ।

यसैबीच सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो मंगलबार राति ह्वाइट हाउसको औपचारिक रात्रिभोजमा सहभागी भए । कार्यक्रमअघि बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोनाल्डोलाई आतिथ्य प्रदान गर्न पाउनु “सम्मान“को विषय भएको बताए । साउदी फुटबल लिगमा रोनाल्डोको मुख्य भूमिकाले उनलाई युवराज (क्राउन प्रिन्स) को नेतृत्वमा देशको आधुनिकीकरण अभियानको एक अनुहार (प्रतीक) बनाएको बताइएको छ ।

साउदी युवराज मोहम्मद बिन सलमान खेलकुद र पर्यटनलगायत अन्य क्षेत्रहरूमा विविधीकरण गरेर देशको तेल आम्दानीमाथिको निर्भरता कम गर्न चाहन्छन् । ह्वाइट हाउसका एक अधिकारीले दिनको सुरुमा नै रोनाल्डो सहभागी हुने पुष्टि गरेका थिए । तर, उनी बिन सलमानको आधिकारिक प्रतिनिधिमण्डलको हिस्सा थिए वा थिएनन् भन्नेबारे भने केही बताएका थिएनन् ।