बारा, ३ मंसिर। बारामा नेकपा (एमाले) का कार्यकर्ता र जेनजी युवाहरूबीच झडप भएको छ ।
मधेस प्रदेशस्तरीय युवा जागरण अभियानका लागि नेता महेश बस्नेत लगायत नेताहरू बारा आउने क्रममा जेनजी युवाहरूले विरोध प्रदर्शन गर्दै सिमरा विमानस्थल घेराउ गरेपछि दुई पक्षीय झडप भएको हो ।
प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । बस्नेतसहित स्वागत गर्न आएका किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेताहरूलाई प्रहरीले विमानस्थलमै सुरक्षा दिएर राखेको छ ।








प्रतिक्रिया