१५ असार २०८३, सोमबार

हनुमानमाथि टिप्पणी गरेका एसएस राजामौलीविरुद्ध प्रहरीमा उजुरी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । भारतका चर्चित फिल्म निर्माता एसएस राजामौलीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणीमार्फत हिन्दूहरुको धार्मिक भावनामा आघात पुर्‍याएको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

वानर सेना संगठनले राजामौलीविरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको हो ।

राजामौलीले नोभेम्बर १५ मा आफ्नो आगामी फिल्म ‘वाराणसी’का लागि आयोजित ‘ग्लोब ट्रोटर’ कार्यक्रममा सहभागिता जनाएका थिए । सोही अवसरमा आएको प्राविधिक समस्या बीच उनले “म सूर्यामि भगवान् हनुमानमा विश्वास गर्दिनँ” भन्ने अभिव्यक्ति दिएको दाबी उजुरीमा गरिएको छ ।

सारूरनगर प्रहरी कार्यालयका एक अधिकारीका अनुसार वानर सेनाले उजुरी दायर गरे पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन ।

“हामीले उजुरी प्राप्त गरेका छौँ र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” प्रहरी अधिकारीले बताए ।

हजारौँ दर्शक उपस्थित रहेको कार्यक्रममा पहिलो पटक ‘वाराणसी’को टिजर, महेश बाबुको पहिलो झलक तथा फिल्मको शीर्षक सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा महेश बाबु, पृथ्वीराज सुकोमरन र प्रियंका चोपडासहित फिल्मका मुख्य कलाकारहरूको उपस्थिति थियो ।

फिल्ममा प्रियंका चोपडा ‘मन्दाकिनी’को भूमिकामा र पृथ्वीराज ‘कुम्भ’को भूमिकामा देखिनेछन् ।

‘वाराणसी’ फिल्म सन् २०२७ को मकर सङ्क्रान्तिमा प्रदर्शनमा आउने तय गरिएको छ । एएनआई