३ श्रावण २०८३, आइतबार

पराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । कर्णाली याक्सका क्याप्टेन सोमपाल कामीले टिमको केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण खेल हारेको बताएका छन् ।

आज भएको खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले केही कमजोरीका कारण खेल हारेको भन्दै अब आउने खेलमा राम्रो गर्ने बताए ।

उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’

उनले खेलमा गल्तीहरु हुन्छ आज पनि त्यही भएको भन्दै अबको खेलमा दुइसय प्रतिशत कम ब्याक गर्ने दाबी गरेका छन् । यस्तै, चितवन राइनोजको प्रशिक्षक कमल अलिले सोचेको जस्तो सुरुवात भएको कारण खेल जित्न सफल भएको बताए ।

उनले भने, ‘हामीले सोचेको जस्तो सुरुवात त भएको हो । योजना बनाएर पनि आएका थियौ त्यसकारण खेल जित्न पनि सफल भयौं ।’