६ श्रावण २०८३, बुधबार

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ ।

सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौंमा एक सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे ।

उनले भने, ‘श्री एयरलाइन्ससँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौँ । यो सम्झौताले नेपालको खेल क्षेत्र र एयरलाइन्स क्षेत्र दुवैलाई एकताबद्ध बनाएको छ ।’

यसैगरी, श्री एयरलाइन्सका कर्पोरेट निर्देशक मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताए ।

मानन्धरले भने, ‘श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ । यसलाई एक ऐतिहासिक साझेदारीका रूपमा लिएका छौँ ।’