१ श्रावण २०८३, शुक्रबार

एफसी एसियन कप छनोट : मलेसियाविरुद्ध खेल्दै नेपाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । एफसी एसियन कप छनोटमा नेपालले आज मलेसियाविरुद्ध खेल्दै छ । नेपालले छनोटको तेस्रो चरणअन्तर्गत मलेसियासँग खेल्न लागेको हो ।

खेल मलेसियाको क्वालालम्पुरस्थित बिकसित जलिल नेनिल रंगशालामा नेपाली समयानुसार ६ः४५ बजे सुरु हुनेछ ।

खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । छनोटमा चार खेल खेलिसकेको नेपाल हालसम्म जितविहीन छ ।

मलेसिया भने आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ । चार खेल खेलेको मलेसियाले शतप्रतिशत नतिजा निकालेको छ ।

समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।