
काठमाडौं, १ मंसिर । मौसम चिसिँदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ ।
उद्घाटन खेलको मध्य हुँदै गर्दा साँझ परे पनि टियू ग्राउण्ड परिसर फ्लड लाइटका कारण चम्किलो देखिएको छ । सोमबार जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरु झुम्मिएका छन् ।
उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई १३१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले काठमाडौंलाई २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य दिएको हो ।
कप्तान अनिल साह भने शून्यमै आउट भएका थिए । ओपनर आशिफ शेखले भने अर्धशतक पूरा गरेका थिए ।










प्रतिक्रिया