
काठमाडौं, १ मंसिर । रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’मा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज भएको छ । निर्माण टिमले आइतबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो ।
डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन् । युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ ।
गीतमा गायक हरि गिरी (विमर्शी) र शान्तीश्री परियारले गाएका छन् । गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन् ।
त्यसैगरी, गीतको एरेन्ज, मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका छन् भने यो गीतको रेकर्डिङ राज खड्काले गरेका छन् । यसअघि प्रचारप्रसार सामाग्रीका रुपमा निर्माण टिमले ३९ सेकेण्डको टिजर सार्वजनिक गरेको थियो ।
टिजरमा यो फिल्मको कथालाई झल्काएर दर्शकमाझ कौतुहल्ता पैदा गराउन सफल भएको थियो । आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि वैदेशिक रोजगारका लाछि छिमेकी मुलुक भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई टिजरले भन्छ । जुन नेपाली समाजको यथार्त चित्रण हो ।
फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपु, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह रहेका छन् । यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन् ।
तारा थापा ‘किम्भे’को सम्पादन, जय जिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ । फिल्ममा कोरियोग्राफर देवेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ ।
फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायत समावेश छन् । गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी रहेका छन् ।
फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ ।








प्रतिक्रिया