काठमाडौं, १ मंसिर । बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । हसिना भारतमा शरणमा बसिरहकी छिन् ।
बंगलादेशमा उनी प्रधानमन्त्री रहेका बेला २०२४ मा विद्यार्थी आन्दोलन भएको थियो । उक्त आन्दोलनलाई दबाउन खोज्दा झन्डै १ हजार ४०० जना मारिएका थिए।








प्रतिक्रिया