२ श्रावण २०८३, शनिबार

मानवताविरुद्धको अपराधमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।

गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो ।

इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो । यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्त्वपूर्ण छन् ।

हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ । ढाकामा १५,००० प्रहरी परिचालन गरिएको छ । उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ ।

शनिबार अबेर रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।