काठमाडौं, १ मंसिर । आजबाट सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि २३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खेलका क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै २३ सय बढी सुरक्षाकर्मी खटाइएको हो । खेलका क्रममा १९०० प्रहरी, २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने जानकारी दिइएको छ ।
खेल खाज अपरान्ह ४ बजेबाट कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरू हुँदैछ । आजको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोखार्ज भिड्नेछन् ।








प्रतिक्रिया