१६ असार २०८३, मंगलबार

त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । त्रिवि कीर्तिपुर क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्याराफीट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गरेको छ ।

दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो । रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्याराफीट निर्माण गरिएको छ ।

यो रंगशालामा भोलि सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ ।