
काठमाडौं, ३० कात्तिक । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आज घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








प्रतिक्रिया