
काठमाडौं, २९ कात्तिक । भारतको बिहार विधानसभा चुनावको नतिजापछि राष्ट्रिय जनता दल (आरजेडी)का सर्वोच्च नेता पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले राजनीतिसँगै परिवार त्यागेको बताएकी छिन् ।
चुनावी पराजयको बीच रोहिणीले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएकी हुन् ।
“म राजनीति छोड्दै छु र मेरो परिवारलाई त्याग्दै छु…” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “सञ्जय यादव र रमीजले मलाई यही गर्न भनेका थिए… र म सबै दोष लिइरहेको छु”

भारतीय सञ्चारमाध्यमहरुका अनुसार रोहिणीले गत वर्ष सारण लोकसभा सिटबाट चुनाव लडेकी थिइन्, तर उनी भाजपा उम्मेदवार राजीव प्रताप रुडीसँग चुनाव हारेकी थिइन् ।
रोहिणीको आरोपमा आरजेडी, सञ्जय यादवबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
बिहारमा नोभेम्बर ६ र ११ मा दुई चरणमा मतदान भएको थियो । बिहारको सबै २४३ सिटको मतगणना हिजो शुक्रबार एकैसाथ गरिएको थियो । जसमा कांग्रेसहितको महागठबन्धनमा रहेको आरजेडीले २५ सिट जितेको थियो ।
आरजेडी २५ सिटमा सीमित हुनुलाई राजनीतिक असफलताको रूपमा मात्र नभई संगठनात्मक कमजोरी र पारिवारिक कलहको परिणाम भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।









प्रतिक्रिया