
काठमाडौं, २९ कात्तिक । भारतीय क्रिकेटर सञ्जु सैमसनले आईपीएल २०२६ मा चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् ।
केरलाका ३० वर्षीय विकेटकिपर समेत रहेका ब्याट्सम्यान सैमसन आईपीएल २०२६ को लिलामी अघि शनिबार आधिकारिक रूपमा चेन्नईमा सामेल भएका हुन् ।
सैमसनलाई चेन्नईले राजस्थान रोयल्ससँग व्यापार सम्झौतामा १८ करोड भारुमा अनुबन्ध गरेको हो, जसको बदलामा राजस्थान रोयल्सले रवीन्द्र जडेजालाई टोलीमा समावेश गरेको छ ।
अब चेन्नईका पूर्वकप्तान जडेजा आईपीएलको नयाँ सिजनमा राजस्थानबाट खेल्नेछन् ।
जडेजाले चेन्नईका लागि १२ सिजन खेलेका छन् र लिगका सबैभन्दा अनुभवी खेलाडीहरू मध्ये एक हुन् । जडेजाले २५० भन्दा बढी खेल खेलेका छन् ।
व्यापार सम्झौताअन्तर्गत, जडेजाको लिग शुल्क १८ करोडबाट घटाएर १४ करोड भारु गरिएको छ ।








प्रतिक्रिया