१५ असार २०८३, सोमबार

महाधिवेशन मितिमा सहमति खोज्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । एक महिनासम्म बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे चर्किएको विवादमा सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । कांग्रेस बैठकमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुसभित्र नियमित नभए ५४ प्रतिशत प्रतिनिधिको माग अनुसार पुस २९ भित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

तर, संस्थापन पक्ष भने फागुन २१ को चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्ने पक्षमा छन् । महाधिवेशनबारे निर्णय लिनको लागि भोलि २ बजे केन्द्रीय समिति बैठक बस्दै छ ।