२५ जेष्ठ २०८३, सोमबार

निर्वाचनका लागि दल दर्ता आह्वान, चाहिन्छ यी कागजात

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि दल दर्ता आह्वान गरेको हो ।

आयोगले आज सूचना प्रकाशित गरी चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय मंसिर १ देखि १० गतेसम्म तोकिएको छ । राष्ट्रियसभाका लागि मंसिर १ देखि ७ गतेसम्मको समय तोकिएको छ ।

आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो ।

निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मितिलगायत आवश्यक कागजात समेत खुलाउनुपर्ने आयोगले जनाएको छ । निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातबारे पनि सूचनामा उल्लेख छ ।

आयोगमा प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ताको समय भने भोलिसम्मका लागि छ ।