जनकपुरधाम, २७ कार्तिक । मधेशमा सभामुख रामचन्द्र मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका छन् ।
आज उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उनले पाँचजनालाई पदमुक्त गरेका हुन् ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेका हुन् ।
पदमुक्त हुनेमा नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।








प्रतिक्रिया