३ श्रावण २०८३, आइतबार

कजारिया टायल्सद्वारा ‘लक्की ड्र’ को बम्पर विजेता घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना ुकजारियासँगै गृह प्रवेश, घुमौं देश विदेश को सफल समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा गरेको छ ।

दुई महिनादेखि सञ्चालनमा रहेको यो राष्ट्रव्यापी योजनामा एक हजार वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए । जसअन्तर्गत ४८ विजेताहरूले स्मार्टवाच पुरस्कार प्राप्त गरेका थिए। तर, योजनाको सबैभन्दा आकर्षक पक्ष भने एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा थियो।

लामो प्रतीक्षापछि भएको यो बम्पर पुरस्कार घोषणा कार्यक्रममा सयौँ दर्शकहरू फेसबुकमार्फत सहभागी बनेका थिए। कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक तथा प्रमुख सञ्चालन अधिकृत रमेश टायल्स र ब्रान्ड एम्बासडर, अभिनेत्री दिव्या रायमाझीले कार्यक्रममा उपस्थित भएका थिए ।

कार्यक्रममा प्रमुख सञ्चालक अधिकृतले कजारिया टायल्सप्रति ग्राहकहरूले देखाएको माया र विश्वासका लागि आभार व्यक्त गर्दै कम्पनी सधैं उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइनका साथ ग्राहक सन्तुष्टिमा समर्पित रहने बताएका थिए। त्यस्तै, ब्रान्ड एम्बासडर दिव्या रायमाझीले पनि कजारिया परिवारको हिस्सा हुन पाउँदा गर्व महसुस भएको र भाग्यशाली विजेतालाई बधाई दिँदै उनीहरूले कजारियासँग एक अविस्मरणीय सिङ्गापुर क्रुज यात्रा अनुभव गर्ने बताइन्।

योजना अन्तरगत चितवनकी योजना गुरुङ बम्पर विजेता घोषित भइन् । जसले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टायल्स खरिद गरेकी थिइन्। यस घोषणासँगै सम्पूर्ण नेपालभरका कजारिया ग्राहक र साझेदारहरूबीच उत्साह र खुशीको वातावरण सिर्जना भएको कम्पनीले बताएको छ । कम्पनीले विजेता तथा सबै सहभागी ग्राहकहरूलाई बधाई र धन्यवाद ज्ञापन गर्दै आफ्नो उत्कृष्ट गुणस्तर, नवीन डिजाइन र ग्राहक सन्तुष्टिका लागि प्रतिबद्ध रहने प्रतिवद्धता दोहोर्‍याएको छ।