
काठमाडौं, २७ कात्तिक । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ ।
डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच बुधबार काठमाडौंमा सम्झौता भएको हो । योसँगै डाबर रेड पेस्ट र डाबर हनी सुदुरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन् ।
सम्झौतापछि बोल्दै डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘यो साझेदारीले नेपाल प्रिमियर लिगका शीर्ष टिममध्ये एक सुदूरपश्चिम रोयल्सलाई डाबर रेड पेस्ट नेपालको नं. १ टूथपेस्ट ब्रान्ड तथा डाबर हनी विश्वको नं. १ मह ब्रान्डसँग एकसाथ ल्याएको छ । हामी क्रिकेटको उत्साह र लाखौं नेपाली उपभोक्ताको विश्वासलाई मनाउने उत्साहजनक एनपीएल सिजनको प्रतीक्षा गर्दैछौँ ।
यसैबीच, सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भने, “हामी हाम्रो टिमसँग डाबर जस्तो ब्रान्ड जोडिनुमा अत्यन्तै खुशी छौँ । यस सम्झौताले टोलीमा अझ बढी ऊर्जा र उत्साह थपेको छ ।”








प्रतिक्रिया