
काठमाडौं, २७ कात्तिक । नेपाल वुमेन्स क्वाड्रिल्याटरल सिरिजको पहिलो खेलमै पराजित भएको छ । पहिलो खेलमा राजस्थानसँग नेपाल ५६ रनले पराजित भएको हो । राजस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ४ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ८८ रन मात्रै बनाउन सक्यो ।
नेपालकी ओपनर सना प्रभिनले सर्वाधिक ३१ रन बनाइन् । ३६ बल खेलेका उनले ६ चौका प्रहार गरिन् । रुविना क्षेत्री १७ र बिन्दु रावल १२ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
राजस्थानका सानु सेन, अदिति चौहान, अर्चना योगी र यानाले सम्मान १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।
राजस्थानकी डिम्पल शेखावतले सर्वाधिक ४६ रन बनाइन्। ३८ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् ।
भवानीले ३६ रन बनाउँदा याना ३० रनमा अविजित रहिन्। नेपालकी लक्ष्मी साउदले सर्वाधिक २ विकेट लिइन्।
कविता कुँवर, मनीषा उपाध्याय र रुविनाको नाममा समान १ विकेट रह्यो।









प्रतिक्रिया