
काठमाडौं, २७ कात्तिक । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन र अनिलबहादुर गुरुङ नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विक्रमलाई महिला र अनिललाई पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
महिला टोलीको सहायक प्रशिक्षकमा नरेश श्रेष्ठ नियुक्त भएका छन् । साफ महिला फुटसल च्याम्पियनसिप २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा आयोजना हुने तय भएको छ ।
त्यस्तै, पुरुष टोलीको सहायक प्रशिक्षकमा सरोजकुमार थापा क्षेत्री नियुक्त भएका छन्। पुरुषतर्फको प्रतियोगिता पनि सोही मितिमा हुनेछ ।








प्रतिक्रिया