
काठमाडौं, २७ कात्तिक । नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन् । इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७–० ले पराजित गरेको हो । प्रीति बुधवार पहिलो रोजाइमा थिइनन् । उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् ।
इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल गर्दा टोलीले पहिलो हाफमा २–० को अग्रता आइरहेको छ । दोस्रो हाफमा प्रीतिसहित तुका गाजीले ५७ औं, इनास अल जमाइनलले ६५ र ७४औं र नुर अहमद ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
सामान्य चोटका कारण पहिलो रोजाइमा नखेलेको प्रीतिले बताइन् । इत्तिहादका लागि पहिलो गोल गरेपनि सामान्य लागेको जनाउँदै भविष्यमा अझै गोल गर्ने विश्वास व्यक्त गरिन् ।
जोर्डनको महिला लिगमा शीर्ष स्थानमा रहेको इत्तिहादले मंसिर ३ (नोभेम्बर १९) गते फ्युचरसँगै लिगमा प्रतिस्पर्धा गर्नेछ ।








प्रतिक्रिया