
काठमाडौं, २७ कात्तिक । हामी नेपालका संस्थापक सुधन गुरुङले आफूहरूको माग पूरा नभएसम्म चुनाव हुन नदिने दोहोर्याएका छन् । मतदाता नामावली संकलनबारे बुझ्न आज निर्वाचन आयोग पुगेका उनले जेन–जी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको बताए ।
आफू कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफू नलड्ने उनले बताए ।
‘दल दर्ताको कुरा चाहिँ म आफैँ छक्क परिराको हुन्छु । कहिले कुलमानजीको पार्टीमा भन्छ, अर्को स्क्रोल ग¥यो बालेनकोमा गयो रे भन्छ । फेरि सुमनामा गयो रे भन्नुहुन्छ । हाम्रो कुरा चाहिँ– हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं ह्वीच इज क्लियर ! जेनजीको माग पूरा नभएसम्म कसैले पनि चुनाव–चुनाव भन्न पाइँदैन । ८४ को चुनाव सार्नलाई हामी लडेको होइन ।’
गृहमन्त्रीले राष्ट्रपति कार्यालयमा आफूसँग कानूनी सल्लाहकार भएर जाँदा गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको सुधनको भनाइ छ । जनताको चाहना र इच्छाअनुसार गृहमन्त्री फेरिनुपर्ने जरुरी रहेको उनको भनाइ छ ।








प्रतिक्रिया