१३ असार २०८३, शनिबार

जेन–जी आन्दोलनबारे छानबिन आयोगले पूर्वआईजीपी खापुङको विदेश यात्रा रोक्ने निर्णय

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । २३ र २४ भाद्रको जेन–जी आन्दोलनको घटनासम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुन आवश्यक पर्न सक्ने भन्दै आजदेखि नै लागु हुने गरी विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

साथै, आयोगको स्वीकृतिबिना खापुङले काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।