८ श्रावण २०८३, शुक्रबार

मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल र राजस्थान भिड्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली महिला क्रिकेट टोली आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ ।

आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ । नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन् ।

Skip This