२८ असार २०८३, आइतबार

ललितपुर क्विन्स पुछारको पोखरासँग पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ ।

लगातार ३ खेल जितेको ललितपुरलाई अंक तालिकाको पुछारमा रहेको पोखरा निन्जाजले ३–० को सोझो सेटको हार चखायो । पोखराको यो पहिलो जित हो ।

फाइनलमा पुग्ने संभावना समाप्त भैसकेको पोखराले ४ खेलबाट ४ अंक जोडेको छ । ललितपुरसँग ४ खेलबाट ९ अंक बनाएको छ । सानदार प्रदर्शनका साथ लिगको सुरूवात गरेको ललितपुर विदेशी खेलाडी नहुँदा निकै कमजोर देखियो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेटमा अघिसम्म अपराजित रहेको ललितपुर क्विन्सलाई पोखरा निन्जाजले दबाबमा राख्यो ।

संगठित प्रदर्शन गरेको पोखराले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो । यसअघि लगातार ३ खेल जितेको ललितपुरले भने पहिलो पटक यो सिजन सेट गुमायो ।

दोस्रो सेटमा पनि पोखराले पकड बनायो। १६–७ ले अघि बढ्दै ९ अंकको स्पष्ट अग्रता बनायो । यो सँगै बिना दबाब पोखराले दोस्रो सेट सहजै २५–१३ ले जित्यो। पोखराले २–० को अग्रता बनायो ।

तेस्रो सेटमा पनि ललितपुर खेलमा फर्कन सकेन् ।‌ निरिह ललितपुरलाई २५–२० ले माथ दिंदै पोखरा तेस्रो सेट आफ्नो पक्षमा पार्न सफल रहयो ।

यसअघि आज भएको पहिलो खेलमा कर्णाली याशविस मधेश युनाइटेडलाई ३–० ले हराउँदै एक खेल अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

अब फाइनल पुग्ने होडमा काठमाडौं स्पाइकर्स र ललितपुर मध्ये एक टिम फाइनलमा पुग्नेछन् । काठमाडौंले फाइनलको संभावनालाई जिवितै राख्न अब बाँकी २ खेल जित्नुपर्नेछ ।

ललितपुरले भने आफ्नो अन्तिम लिग चरणको खेलमा कर्णालीलाई कम्तीमा दुई सेट हराउनुपर्नेछ । यदि काठमाडौं कुनै एक खेलमा हारेको खण्डमा भने ललितपुर फाइनलमा पुग्नेछ । भोलि हुने पहिलो खेलमा काठमाडौं र पोखरा तथा दोस्रो खेलमा लुम्बिनी र मधेशबीच प्रतिस्पर्धा हुने ।‌

पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । त्यहिबाट आज इडब्लुभी सुरु भएको हो । बाँकी खेलमा विदेशी खेलाडी छैनन् । हरेक टोलीमा रहेका ९ खेलाडीबाट बाँकी खेल सक्ने सहमति इडब्लुभी पुनः सुरु गरिएको छ